२७ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
फार्नबोरो ,लण्डन। एशियन महिला एशोसियसन (AMA) ले विविध कार्यक्रमका साथ नेपाली नारीहरुको महान पर्व तीज मनाएको छ । गत ९ सेप्टेम्बरका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेजमा सो पर्व मनाइएको हो । प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीकी पत्नी श्रीमती पुनम राज्य लक्ष्मी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा रशमुरका डेपुटी मेयर सुकार्टर, काउन्सिलर बर्बरा हर्स्ट र मिस युके नेपाल–२०१७ सिर्जना गुरुङ लगायत महिलाहरुको बिशेष उपस्थिति रहेको थियो ।
करीब ५०० बढी नेपाली दिदिबहिनिहरुको उपस्थीतीमा विभिन्न तीजको गीतमा सामूहिक नृत्य गरी संस्थाकी महासचीव कल्पना गुरुड्गले संचालन गरेको सो कार्यक्रम अमीता बेलवासेको अध्यक्षतामा भयको हो ।कार्यक्रममा प्रमुख अतिथि सुबेदीले सबै महिला दिदिबहिनीहरुलाई तीजको शुभकामना दिएकी थिईन् । कार्यक्रममा दुर्गा पुन, सुजना, मोनिका, अन्जोलालगायतले आकर्षक नृत्य प्रस्तुत् गरेका थिए। सदा झै यसबर्ष पनि प्रस्तुत् गरिएको नृत्यमा बेस्ट डान्सर हजुरआमा माइली गुरुङ, बेस्ट डान्सर आमा सुनमाया रोका र बेस्ट डान्सर अस्मिता थापा मगर भइन् ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष माया केसी एंवम समाजसेवी रोजिना प्रधान राईले विशेष भूमिका निभाएकी थिईन् । त्यस्तै भेटघाट रेष्टुरेण्टले खाना, मिलन तमुले फोटोग्राफी र विशन गुरुङले भिडियोग्राफीको भूमिका निभाएक थिए भने लण्डन नेपाली न्युजले फेसबुक लाईभ गरेका थिए । राफल ड्र समेत गरिएको कार्यक्रममा सुनिता थापाले रिया मनी ट्रांस्फरले प्रयोजन गरेको प्रथम पुरस्कार सुनको सिक्री प्राप्त गरेकी थीइन । एसोसीयसनकी अध्यक्ष अमिता बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विभा गुरुङले स्वागत मन्तब्य प्रकट गरेकी थिईन् ।