Monday November 28, 2022

नम्रतालाई नफापेको फिल्म

२६ असार, २०७५ शीतलपाटीन्युज डटकम 1900



शीतलपाटीन्यूज डटकम

काठमाडौं – नियमित नेपाली फिल्म हेर्ने दर्शकलाई नम्रता सापकोटा अभिनित फिल्मको नाम भन्नुस् भन्ने हो भने एक फिलमको नाम भन्न पनि सक्नुहुन्न होला । कारण उनी दर्शकमाझ त्यती परिचित छैनन् । उनले अभिनय गरेका फिल्म हिट छन् । तर, उनी भने दर्शकमाझ नोटिस हुन सकेकी छैनन् ।

‘अन्तराल’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले पहिलो फिल्मबाट भने प्रशंसा नै पाइन् । उनले निर्वाह गरेको चरित्र पात्र निकै हिट भयो । उक्त पात्रले पाएको प्रशंसाबाट उनको करिअरले गति लिने विश्वास गरिएको थियो । तर, पाँच वर्ष बित्यो, उनले एउटै फिल्ममा मुख्य भूमिका पाएकी छैनन् । अर्थात्, उनको फिल्मी यात्रा कछुवाको चालजस्तै भएको छ ।

नम्रता अभिनित फिल्म छक्का पञ्जा सुपरहिट भयो । तर, उनी त्यस फिल्ममा साहयकको भुमिकामा थिइन् । फिल्म सुपरहिट भएपनि उनले त्यसको अलिकति पनि जस पाउँन सकिनन् । त्यसपश्चात नम्रता छक्का पञ्जा टिमबाट पनि बाहिरिएकी छिन् । अहिले उक्त टिम छक्का पञ्जा ३को छायाँकनमा व्यस्त छ ।

नम्रताले फिल्म ब्रास्लेटमा पनि काम गरेकी थिइन् । तर, फिल्म असफल भयो । सफल हुदाँ त चर्चा नपाउने उनको कामले फल्प हुदाँ कसरी पाओस् ।

नम्रताले फिल्म ‘समर लभ’को लागि समय नमिलेको भन्दै फिल्म ‘कान्छी’मा काम गरिनन् । ‘कान्छी’ प्रदशर्नमा आएर पनि बाहिरिसक्यो तर, समर लभको अत्तो पत्तो छैन् । यस फिल्ममा पनि उनी मूख्य भूमिकामा नभएर सहायक भूमिकामा नै सिमित भएकी छिन् ।

अहिले नम्रता फिल्ममा भन्दा पनि म्युजिक भिडियो र मोडलिङमा नै ब्यस्त छिन् । उनी अहिले कुनै पनि फिल्ममा अनुबन्धित भएकी छैनन् । उनले फिल्म नपाए पनि म्युजिक भिडियो पाइरहेकी छिन् । त्यसैमा दंग छिन् नम्रता ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?