Thursday June 01, 2023

डब्लुटीओ को बैठकमा अमेरिका र चीनले भाग लिन नपाउने

१९ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 44433


डब्लुटीओ को बैठकमा अमेरिका र चीनले भाग लिन नपाउने

शीतलपाटीन्युज डटकम।

क्यानाडाले आयोजना गरेको विश्व व्यापार संगठनमा (डब्लुटीओ) सुधार गर्ने विषयमा एक उच्चस्तरीय बैठकमा अमेरिका र चीनलाई निम्तो गरेको छैन् ।

अक्टोबरको अन्त्यतिर विश्व व्यापारको विश्व्यापी नियोग डब्लुटीओमा आवश्यक सुधारका विषयमा छलफल गर्न समान अवधारणा भएका देशका व्यापार मन्त्रीहरूलाई क्यानाडाले ओटावामा बोलाउने भएको छ ।

क्यानाडाले आयोजना गर्ने यो बैठकमा अमेरिका र चीनका मन्त्रीहरूलाई यसपछिका सुधार छलफल प्रक्रियामा समावेश गर्ने त्यहाँका अधिकारीहरूले जनाए ।

यो बैठकमा युरोपेली युनियन, अस्ट्रेलिया, जापान, सिंगापुर र दक्षिण कोरिया सहभागी हुने अ‍ेक्षा गरिएको छ । २४ र २५अक्टोबरमा आयोजना हुने यो बैठकमा ब्राजिल, चिली, केन्या, मेक्सिको, न्युजिल्यान्ड, नर्वे र स्विट्जरल्यान्डलाई समेत निम्तो गरिएको छ ।

डब्लुटीओमा देखिएका चुनौतीलाई सामना गर्न आवश्यक सुधारका विषयमा छलफल गर्न हामीले एक बैठकको आयोजना गर्न लागेको संघीय अन्तर्राष्ट्रिय व्यापार विविधिकरणमन्त्री जिम कारका प्रेस अधिकारी जोसेफ पिकेरिलले एक विज्ञप्ति जारी गरी जनाएका छन् ।

अमेरिकालाई बाहिर राखेर गरिने कुनै डब्लुटीओले आकार ग्रहण गर्न नसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिए । ट्रम्पले डब्लुटीओले सदैव अमेरिकाको विरोधमा नै कानुन बनाउने गरेको बताउने गरेका छन् । यसैगरी चीनले पनि डब्लुटीओका प्रतिबद्धताहरू पारदर्शी ढंगले पूरा नभइरहेको आरोप लगाए ।

चीन र अमेरिका एक अर्काले एक देशका उत्पादित सामानहरूमाथि महशुल थपाथप गरे अन्तर्राष्ट्रिय व्यापारलाई प्रभावित गरिरहेका छन् । हाल चीन र अमेरिका व्यापार युद्ध गरिरहेका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?