Tuesday December 06, 2022

सवारी साधन चप्पल लगाएर चलाएको भेटिएमा लाइसेन्स खारेज हुने

२० आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 41029


सवारी साधन  चप्पल लगाएर चलाएको भेटिएमा लाइसेन्स खारेज हुने

शीतलपाटीन्युज डटकम।

सवारी चालकलाई अनिवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले आग्रह गरेको छ ।  प्रहरीले दुर्घटना कम गर्नकालाीग सवारी चालकले जुत्ता अनिवार्य लगाउनु पर्ने जनाएको छ । 

सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका–२०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम रहेको छ । ट्राफिक प्रहरीले म्याङलुङ र वसन्तपुर बजारसहित अन्य बजारहरुमा समेत ट्राफिक जाँचलाई कडाई गरेको छ । 

सार्वजनिक सवारीका चालकहरुले चप्पल लगाएर सवारी चलाएको भेटिए लाइसेन्स खारेज सम्मको जरिवाना गरिने ट्राफिक प्रहरीको भनाइ रहेको छ । दसैँ, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको हो । चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याइएको हो । 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?