Sunday November 27, 2022

नेपाली मुलका दुई चेली बेल्जियमको निर्वाचनमा भिड्दै

२४ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 30546


नेपाली मुलका दुई चेली बेल्जियमको निर्वाचनमा भिड्दै

शीतलपाटीन्युज डटकम।

एक नेपाली चेली  (रश्मी निरौला) अहिले बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा आकर्षणको केन्द्र बनेकी छन् ।रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठुलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठुलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन्। त्यसैगरी बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले नेपाली चेली लीला शर्मा मानन्धरलाई सशक्त उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उतारेको छ । धेरै बर्षदेखि सामाजिक कार्यमा संलग्न मानन्धर विजयी हुने निश्चित मानिएको छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?