Sunday November 27, 2022

रक्षाको हट बन्ने चाहाना (फोटो फिचर)

२९ असार, २०७५ शीतलपाटीन्युज डटकम 2146



शीतलपाटीन्यूज डटकम

काठमाडौ । 

हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ पछिल्लो केहिदिन यता हट अवतारमा देखिएकी छिन् । आजबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बोबी’को प्रमोशनमा देश दौडाहामा चलचित्र टिमसँगै हिडेकी रक्षा स्टेजमा पनि हट अवतारमा प्रस्तुत भएकी थिइन् । बिशेष गरी प्रमोशनको फण्डा अपनाउन जानेका चलचित्रका निर्देशक मिलन चाम्सले भद्रगोलकी रक्षालाई हट अवतारमा उभ्याएका सफल भए । रक्षासँगै भद्रगोलकी दुई कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)पनि सँगै थिए । प्रमोशनको समयमा स्टेजमा रक्षाको बिषयमा बले र कक्रोजले कमेडी गरेका थिए । 

यसैबिच गएको बुधबार चलचित्र ‘बोबी’को प्रिमियरमा पनि रक्षा निकै सुन्दरी बनेर आइन् । उनले लगाएको गाउनले धेरैको नजर तानेको थियो । अन्य नायिकाहरु नभएकाले पनि उनले आफुतर्फ धेरैको ध्यानतान्न सफल भइन् । खासै प्रिमियरमा नदेखिने रक्षा ‘बोबी’ प्रिमियरमा भने बिशेष बनेर गएकी हुन् ।

उनी हाँस्य टेलिसिरियलसँगै केहि म्युजीक भिडियो, बिज्ञापनमा काम गरेकी छिन् भने चलचित्रमा मुख्य भूमिकाको नायिका भने बनेकी छैनिन् । रक्षाले चलचित्रमा काम नगरेकी भने होइनन्, केहि चलचित्रमा सानो भूमिकामा भएपनि उनी देखिएकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको ‘गाँजाबाजा’ चलचित्र प्रदर्शन भएको थियो ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?