Monday May 29, 2023

सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म

२९ असार, २०७५ शीतलपाटीन्युज डटकम । 2416



वासिङटन डिसी, अमेरिका । सोसल कमर्स प्लेटफर्म सगुनले आफ्नोतर्फबाट गरिने सामाजिक कामका लागि सगुन फाउण्डेशन घोषणा गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले सोमबार राति अमेरिकामा एक कार्यक्रमका बीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेका हुन् ।

सगुन फाउण्डशेन स्थापनाबारे जानकारी दिँदै गिरीले सामाजिक अभियानमा जोडिनका लागि अब सगुन फाउण्डेशन क्रियाशिल हुने बताए। स्थापनासँगै सगुन फाउण्डेशनलाई सगुन कर्पोरेशनले १० लाख अमेरिकी डलर बराबरको स्वामित्व सेयर समेत छुट्टयाएको छ।

सगुन आईपीओमा गएपछि शेयर मार्केटमा विक्री गरि त्यसको प्रतिफल सगुन फाउण्डेशनले सामाजिक काममा लगाउन सक्ने गिरीले बताए। आगामी दिनमा सगुनको विकाससँगै सगुन फाउण्डेशनलाई सहयोग गर्ने धनराशी पनि बढाउँदै जाने गिरीले प्रतिवद्धता व्यक्त गरे ।

अमेरिकी सरकारको कानुन अन्तर्गत रही सगुन फाउण्डेशन सामाजिक काममा क्रियाशिल हुने छ । संसारभर छरिएर रहेका नेपाली समुदाय तथा सगुनसँग नजिक रहेका समुदायलाई लक्षित गरि फाउण्डेशनले काम शुरु गर्नेछ ।

स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमिशलता विकास, प्राकृतिक विपत्तीका बेलामा सहयोग लगायतका क्षेत्रमा फाउण्डेशनले काम गर्ने सगुनले जनाएको छ।

नेपालीहरुले शुरु गरेको सगुनको सोच र उदेश्यलाई समुदायले स्विकारेकोमा धन्यवाद दिदै गिरीले समुदायलाई पनि सगुनले गुन लगाउँदै जाने विश्वास दिए । समुदायसँग जोडिने सगुनको प्रयास समुदायको सहयोगमै सफल हुने भएकोले नेपाली समुदायसँग हातेमाले गरेर जान आफूहरुलाई खुसी मिल्ने गिरीले बताए ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुन फाउण्डेशनको स्थापनाले आगामी दिनमा संसारभरका नेपाली समुदाय लाभान्वित हुने बताउनुभयो। सगुनको विस्तार हुँदै जाँदा कम्पनीको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने कामलाई फाउण्डेशनले सहयोग गर्ने सिटौलाले बताए ।

स्टार्ट अप कम्पनीको शुरुवाती चरणमै फाउण्डेशन खोली स्वामित्व शेयर हस्तान्तरण गर्ने विरलै कम्पनीहरुमा सगुन रहेको सिटौलाले बताए । विश्व बैङ्कमा काम गर्ने नेपाली अर्थशास्त्री प्रेम संग्रौलाले सगुनको विकास र विस्तार हुँदै जाँदा समुदायलाई समेत लाभान्वित गर्नेगरि फाउण्डेशन शुरु भएकोमा खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिए ।

सगुनले अहिले मिनिआईपीओमार्फत अन्तिम चरणको लगानी जुटाइरहेको छ। मिनि आईपीओको यो तेस्रो तथा अन्तिम चरणमा जुलाई २६ तारिखसम्म लगानी गर्न योग्य लगानीकर्ताले बिश्वभरीबाट लगानी गर्न सक्नेछन् ।

हालसम्म बिश्वभरीबाट ३५ सय भन्दा बढी लगानीकर्ताहरुबाट ५ मिलियन भन्दा बढी लगानी जुटाइसकेको छ । सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा गएर लगानी सम्बन्धी सबै जानकारी लिन सकिने छ ।

विश्वका अधिकाशं देशहरुबाट लगानी गर्न सकिए पनि नेपाल भित्रबाट भने लागनी गर्न सकिँदैन तर बिदेशमा बस्ने बैँक खाता भएका नेपालीहरुले भने लगानी गर्न सक्ने जनाइको छ । यो अन्तिम चरण भएको कारण यस भन्दा पछाडि मिनीआइपिओमा यसरी नै लगानीको अवसर नआउने समेत सगुनले जनाएको छ ।

त्यसैगरी हालै सगुनमा भारतको प्रतिष्ठित समाचारपत्र हिन्दुस्तान टाइम्स ग्रुपले ५० लाख अमेरिकी डलर लगानी गरेको छ । भारतमासमेत कार्यालय राखेर सगुनले काम गर्दै आएको छ। अमेरिका र नेपालमा पनि सगनुको कार्यालय रहेको छ। सोसल कमर्श प्लेटफर्म सगुनसँग अहिले २५ लाखको हाराहारीमा प्रयोगकर्ता रहेका छन्। एन्ड्रोइड एप्स सार्वजनिक भएयता सगुनको प्रयोगकर्ता बढ्ने क्रम बढ्दो रहेका छन् ।     

(अन्नपुर्ण पोष्ट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?