Sunday April 02, 2023

बेलायतमा मगर संघ युकेको ओपन कन्सर्ट हुदै,राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने

६ असार, २०७५ शीतलपाटीन्युज डटकम । 9111



लण्डन। बेलायतमा  नेपालीहरु बिचमा हुने एक मात्र सर्वाधिक चंर्चामा रहेको नेपाली खुल्ला सास्कृतिक कार्यक्रम ( Open Concert) सदा झैँ  यो बर्षमा पनि ९ जुन २०१८ शनिवारको दिनमा फ़ार्नबोरो च्यारीफिल्ड फुटवल क्लवमा हुने भयको छ । मगर संघ युकेले आयोजना गर्ने सो कार्यक्रम भब्य हुने कुरा संयोजकले बताउनु भयको छ  ।

बेलायतको लागि नेपाली राजदुत महामहिम डा दुर्गा बहादुर सुवेदी  प्रमुख अतिथी रहने सो कार्यक्रममा  बिशेष अतिथीहरु, नेपालवाट आउने केहि विशिष्ट व्यक्तिहरु, बेलायतबासी नेपाली समूदायका अग्रजज्यूहरु, उध्यमी- व्यवासायी ज्यूहरु, संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत बेलायतबासी नेपाली जन समुदायहरुको बाक्लो उपस्थितिमा हुने आयोजकहरुको भनाई छ ।

यो अवसरमामा नेपालवाट अति नै चर्चित कलाकारहरुलाई आमन्त्रित गरिएको छ ।  नेपाल आईडलमा उत्कृष्ट चार सम्मको यात्रा तय गर्न सफल सागर आले मगर जस्ले छोटो समय मै लोकप्रिय, कर्णप्रिय एवं भर्साटाइल गायक बन्न सफल सागर आले मगरले बेलायत भरि छरिएर बसेका सम्पूर्ण  नेपालीहरुको  मन जित्न सफल भएका छन् ।  अर्को  काठमाडौँको स्वयम्भुमा जन्मेकी धादिङ्गमा हुर्केकी धेरै नबोल्ने लज्जालु स्वभावकि गित संगीत भने पछि सानै देखि हुरुक्कै हुने नेपालकी बहुचर्चित लोक दोहारी गायिका मिना लामा आउदै छिन । मिना लामा आधुनिक लोक दोहारी गायिका मात्र नभएर टेलिभिजन कार्यक्रम इन्द्रिनी आधुनिक तथा अन्य गितहरु पनि गीत गायर लाखौ दर्शकको मन जित्न सफल बहु  प्रतिभाकी धनी छिन  । तनहुँबाट लाखौ दर्शकको मन जित्नु सफल पदम थापा मगर आउदै हुनुहुन्छ । पदम थापा एक चर्चित लोक दोहारी गायकका साथमा चर्चित कौडा गीतका रचनाकार पनि हुन् ।

अर्की  तनहुँकी कर्ली कपालमा राम्री देखिने बबाल बेली डान्सर लोक दोहोरि गायिका प्रिति आले जसलाई बेली गायिकाले चिनिन्छन । नेपाल भन्दा बाहिरको देश अरबिक देशमा पपुलर बेली डान्समा चर्चित बेली डान्सर प्रिति आले छिन । हाँसेर मात्र बोल्ने मिठो बोलीका धनी, २०५६ शाल देखि कलाकारिता क्षेत्रमा लागेका नेपालका चर्चित कलाकार  बिमल राज क्षेत्री । जुनै गीत पनि  राम्रा उत्तिकै भाबुक बनाउने  र सन्देश मुलक गित गाउन सक्षम पर्बत जिल्लामा जन्मे पनि नेपाल अधिराज्य भरि नै अति चर्चित छन् ।

आमन्त्रित नेपालका  ख्याति प्राप्त लोक तथा दोहोरी, आधुनिक र पप गीतका धनी कलाकारहरुको बेजोड उपस्थिति रहने छ । नेपाली खुल्ला सास्कृतिक कार्यक्रम २०१८  “Nepali Open Concert 2018” जुन को ९  तारिक शनिबार २०१८  को दिन बिहान ११ बजे देखि बेलुकी ८ बजे सम्म चेरीफिल्ड फार्नबोरो फूटबल क्लबमा हुने भएको छ   ।

कार्यक्रमको मुख्य संयोजक बम बहादुर थापा (सूर्यवंशी) , उप संयोजक सिता पुन र मगर संघ युकेका ११ वटा शाखाका अध्यक्षहरु संयोजकको भूमिका निभाउने हुँदा गत बर्षहरुमा भन्दा यो बर्ष अझ  भब्य र सभ्य हुने बुद्धिजीवी हरुको भनाइ रहेको छ ।

यो  कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन बेलायतबासी संचार कर्मी साथीहरुको महत्त्वपूर्ण भूमिका रहनेमा मगर संघ युकेले आफ्नो सस्थागत मान्यता राखेको छ । त्यसकारण बेलायतमा संगठित विभिन्न रेडियो , अनलाइन पत्रीका, टेलिभिजन, साप्ताहिक पत्रिकाका संचारकर्मी मित्रहरुको बीच पत्रकार सम्मेलन गर्ने मगरसंघ युकेले ब्यवस्था मीलायको छ । २ जुन २०१८ मा हुने सो प्रेष मीटले ओपन कन्सर्टलाई भब्य बनाउने आसा आयोजकको छ।

 

 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?