Monday November 28, 2022

सामाजिक कार्यमा सगुन, १० लाख डलर स्वामित्वको फाउण्डेसन स्थापना

३० असार, २०७५ शीतलपाटीन्युज डटकम। 31829



शीतलपाटीन्युज डटकम।

लन्डन । सगुनका संस्थापक गोविन्द गिरीले सोमबार राति अमेरिकामा एक कार्यक्रमका बीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेका छन।सोसल मीडीया ईकमर्स प्लेटफर्म सगुनले सामाजिक कामका लागि सगुन फाउण्डेशन मार्फत सहयोग गर्ने योजना बनायकोले यो फाउण्डेसन घोषणा गरेको हो ।

सगुनका फाउण्डर गीरीले सगुन फाउण्डशेन स्थापनाबारे जानकारी दिँदै  सामाजिक अभियानमा जोडिनका लागि अब सगुन फाउण्डेशन क्रियाशिल हुने बताए। फाउण्डेसनको स्थापना सँगै सगुन फाउण्डेशनलाई सगुन कर्पोरेशनले १० लाख अमेरिकी डलर बराबरको  सेयर समेत छुट्टयाएको छ।

सो सेयरबाट सगुन फाउण्डेशनले एनआरएन युकेलाई सगुनको लगानीमा गरेको प्रचार प्रसार र शेयर लगानीमा गरेको उच्च सहयोगको मुल्याड्गकन गर्दै एनआरएन युकेको नेपाल हाउस बनाउने योजनालाई मुर्त रुप दिन १ लाख डलरको सेयर दिने निर्णय गरेकोछ।सो कुराको जानकारी गराउदै गैर आवासीय नेपाली संघ युकेका महासचिब राजकुमार त्रिपाठीले बेलायतका एनआरएन अभीयन्ताहरुलाई सोमवार अल्डरसटमा औपाचारिक घोषणा सभामा उपस्थीत हुन अनुरोध गरी पत्राचार पनि गर्नु भयको छ। एनआरएन युकेले एक पत्रकार सम्मेलन गरी यो सहयोगको घोषणा गर्ने तयारी गरेको छ । साथै एनआरएन युकेलाई सगुनको शेयर हस्तान्तरण कार्यक्रममा नेपाल सरकारको तर्फबाट बेलायतस्थीत नेपाली राजदुतावाट सहभागीता रहने बुझीयको छ।

केहीदिन यता युकेमा सगुन लगानी सम्बन्धी कार्यक्रमहरु जनचाहना अनुसार ब्यापक रुपमा प्रचार प्रसार भयको छ । एनआरएन युके संरक्षक एवम सगुन युकेका सल्लाहकार सुर्य गुरुड्ग र सगुनका युके संयोजक युवराज सेढाइको नेतृत्वमा फान्वोरो, पोष्टमाउथ र वेयल्समा सगुनमा लगानी र शेयर सम्वन्धमा जानकारी कार्यक्रम आयोजना गरीयको र नेपालीहरुको उत्साहजनक सहभागीता जीज्ञासा प्राप्त भयको थियो ।

अमेरिकी सरकारको कानुन अन्तर्गत रही सगुन फाउण्डेशन सामाजिक काममा क्रियाशिल हुने छ। स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमिशलता, प्राकृतिक विपत्तीका बेलामा सहयोग लगायतका क्षेत्रमा फाउण्डेशनले काम गर्ने सगुनले जनाएको छ।सगुनको सोच र उदेश्यलाई समुदायले सपोर्ट दियकोमा धन्यवाद दिदै समुदायलाई पनि सगुनले गुन लगाउँदै जाने विश्वास दिलाएका छन।।

सो फाउण्डेसन घोषणा कार्यक्रममा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुन फाउण्डेशनको स्थापनाले आगामी दिनमा संसारभरका नेपाली समुदाय लाभान्वित हुने बताउनुभयो। सगुनको विस्तार हुँदै जाँदा कम्पनीको तर्फबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने कामलाई फाउण्डेशनले सहयोग गर्ने सिटौलाले बताए ।

स्टार्ट अप कम्पनीको शुरुवाती चरणमै फाउण्डेशन खोली स्वामित्व शेयर हस्तान्तरण गर्ने काम विरलै कम्पनीहरुले गर्छ तर  सगुनले गर्ने रहेको सिटौलाले बताएका छन्। सो अवसरमा विश्व बैङ्कमा काम गर्ने नेपाली अर्थशास्त्री प्रेम संग्रौलाले सगुनको विकास र विस्तार हुँदै जाँदा सगुनले अहिले मिनिआईपीओ मार्फत अन्तिम चरणको लगानी जुटाइरहेको छ। मिनि आईपीओको यो तेस्रो तथा अन्तिम चरण २६ जुलाई २०१८ सम्म लगानी गर्न योग्य लगानीकर्ताले बिश्वभरीबाट लगानी गर्न सक्नेछन् ।हालसम्म बिश्वभरीबाट ४ हजार भन्दा बढी लगानीकर्ताहरुबाट ५ मिलियन भन्दा बढी लगानी जुटाइ सकेको छ । 

 

शेयर इनभेस्टका लागी सगुनको 

www.sagoon.com/invest मा गएर लगानी सम्बन्धी सबै जानकारी लिन सकिने छ ।विश्वका अधिकाशं देशहरुबाट लगानी गर्न सकिए पनि नेपाल भित्रबाट भने डलरमा बिदेसमा लागनी गर्ने कानुनी ब्यवस्था नभयकोले नेपालबाट सकिँदैन ।

अमेरिका,भारत र नेपालमा कार्यालय राखेर सगुनले काम गर्दै आएको छ। हालै भारतको प्रतिष्ठित समाचारपत्र हिन्दुस्तान टाइम्स ग्रुपले ५० लाख अमेरिकी डलर लगानी गरेको छ। सोसल कमर्श प्लेटफर्म सगुनसँग अहिले २५ लाखको हाराहारीमा प्रयोगकर्ता रहेका छन्। डेक्सटपमा चलेको सगुन एन्ड्रोइड एप्स सार्वजनिक भएयता सगुनको प्रयोगकर्ता बढ्ने क्रम बढ्दो रहेको छन् ।अव छिट्टै एप्पलको IOS मा पनि आउदैछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?