Monday May 29, 2023

म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने घोषणा पत्र जारी गर्दै सकियो मोनाको चौथो साधारणसभा

८ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 4499


म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने घोषणा पत्र जारी गर्दै सकियो मोनाको चौथो साधारणसभा

शीतलपाटीन्युज डटकम।

पोर्चुगल,लिस्वन।। विश्वभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले म्याग्दीको विकास र समृद्धिमा सहकार्य गर्ने विभिन्न १२ बुँदे घोषण पत्र जारी गर्दै चौथौ बार्षिक साधारण सम्पन्न गरेको छ । कात्तिक ४ र ५ गते पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न साधारण सभाले म्याग्दीको विकासको लागि प्रवासीहरुको भुमिका, सामाजिक क्षेत्रमा एकद्धार प्रणाली मार्फत सहयोग, सामुहिक लगानी, महिला तथा बालबालिकाहरुको लागि अक्षयकोष स्थापना लगायतको क्षेत्रलाई समेटेर १२ बुँदे घोषणा पत्र जारी गरेको मोना अन्तराष्ट्रिय अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिनुभयो ।

प्रवासमा छरिएर रहेका म्याग्देलीहरुका बीच आपसी सम्बन्धको विकास गरी प्रवासमा आर्जित पूँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने,म्याग्देलीहरुको उत्थान र समृद्धिको लागि कार्य गर्ने उद्देश्यका साथ २०६४ कात्तिक २ गत भएको भेलाबाट तदर्थ समिति गठन भई २०६६ फागुन ५ गते औपचारिक रुपमा मोना अन्तराष्ट्रिय दर्ता भएको थियो ।

‘‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना” नाराका साथ सम्पन्न चौथो साधारण सभामा पोर्चुगल, युके, बेल्जियम, अष्ट्रेलिया, न्यूजिल्याण्ड, कोरिया, स्पेन, नेदरल्याण्ड, जर्मन लगायत विभिन्न देशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो साधारण सभाले जिल्लामा रहेका पीछडिएका महिला तथा बालबालिकाहरुको लागि अक्षयकोषको लागि रु एक करोड यहि २०१८ साल भित्रमा संकलन गरि सक्ने संकल्प गरिएको छ । सो कोषबाट जिल्लामा रहेका बिपन्न परिवारका बालबालिका साथै महिलाहरुको अवस्था माथि उकास्न बिभिन्न कार्य गरिने जनाईएको छ ।

उक्त कार्य सफल पार्न लाइ बर्तमान कार्यदल यथावत रहने र अक्षयकोषको लागि कार्य बिधि तयार गरि कार्य समितिलाई प्रस्ताब पेस गर्न योगेन क्षेत्री ,लोक राना ,चक्र थापा ,योग कुमार फगामी र मुक्ति रोका सदस्य रहेको समिति गठन गरिएको छ । त्यसैगरि म्याग्दी प्रबासी नेपालि महिला संजाल लाइ बिस्तार गर्न आसा पुन संयोजक र बिष्णु बानिया उप संयोजक तथा ज्ञानु के सी (कोरीया), नैना तिलिजा ( पोर्चुगल), निता पुन ( बेल्जिएम ),अनुषा थापा ( स्पेन ), शर्मिला फगामी (यु के) रहेको समिति गठन भएको छ ।

त्यस्तै बिश्वब्यापी खेलकुद बिस्तार गर्ने उदेस्य सहित योग कुमार फगामी संयोजक , सुमन बानिया ( अस्ट्रलिया ), राजन थापा ( पोर्तुगल ), किसन सेन्चुरी ( कोरिया ), सेर बहादुर सेरचन ( नेदरल्याण्ड ),बिशाल के सी ( जापान ) रहेको समिति गठन भएको छ । प्रवासमा हुर्कंदै गरेको नयाँ पुस्तामा म्याग्दी जिल्लाको आफ्नोपन, संस्कृति, परम्परा, भाषा र सीप हस्तान्तरण गर्न विदेशमा हुर्केका सन्ततिहरुलाई हरेक वर्ष कम्तीमा एक महिना गाउँमा फर्की स्वेच्छिक स्वयंसेवा गर्ने र स्वयंसेवाका माध्यमबाट च्यारिटी संकलन गर्ने समेत घोषणा पत्रमा उल्लखे गरिएको छ ।

सो घोषणा पत्रमा अन्नपूर्ण गाउँपालिकाको धौलागीरी आधारभूत बिधालय निर्माण गर्नका लागि संयोजकहरु दडिवल खड्का र जंग पुन रहने,बेनी नगर पालिकामा अवस्थित जयन्ति माबी भकिम्लीको लागि लोक राना र होम रोका संयोजक र सह संयोजक रहने गरि समिति गठन गरिएको उल्लेख गरिएको छ ।

६ महिना भित्र मध्य पुर्ब कतारे बैठक बस्ने निर्णय भएको छ भने आगामी अधिबेशन म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा गर्ने निर्णय भएको छ । त्यसैगरि सामुहिक लगानीको लागी कृषि पशुपालन जडिबुटी, पर्यटन, जलबिधुत, होटेल रिसोट जस्ता सम्भावित क्षेत्र पहिचान गरेर सामुहिक लगानी भित्राउने निर्णय भएको साधारण सभाका संयोजक तथा मोना अन्तराष्ट्रियका उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मोना बेनी लब्ली हिल पदमार्ग निर्माण योजनामा मोना आईईसी, बेनी नगर पालिका र उधोग बाणिज्य संघ म्याग्दीको सहकार्यमा निर्माणधिन परियोजना सम्पन्न गर्ने निर्णय समेत भएको छ ।

(म्याग्दी अनलाइन)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?