Sunday April 02, 2023

शनिबार होटल पोखरा ग्राण्डमा ‘अक्टोबर फेस्ट’हुने

९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 35123


शनिबार होटल पोखरा ग्राण्डमा ‘अक्टोबर फेस्ट’हुने

शीतलपाटीन्युज डटकम।

कात्तिक १० गते शनिबार पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले “अक्टोबर फेस्ट” आयोजना गरेको छ ।  महाप्रवन्धक रोशन खवासले होटल ग्राण्डको स्तुपा गार्डेनमा हुने उक्त कार्यक्रममा गायिका मीलन अमात्यसहित अन्य विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने महाप्रवन्धक जानकारी दिएका छन् ।

रिफ्रेसमेन्ट तथा मनोरञ्जनका लागि कार्यक्रम निकै फलदायी हुने हामीले विश्वास लिएका छौं,’ खवासले भने । कार्यक्रममा सहभागी हुनका लागि ३ हजार ९ सय ९९ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

महाप्रवन्धक रोशन थपे “कार्यक्रममा सहभागीहरुका लागि अनलिमिटेड बियर, स्न्याक्स तथा लन्चको व्यवस्था गरिएको छ । कार्यक्रममा आकर्षक डोर प्राइजका साथमा रमाइला गेम तथा नृत्य र डिजे सेसनको पनि रमाइलो लिन सकिनेछ । दशैं पूर्णिमाको २ दिन पछि आयोजित अक्टोबर फेस्टमा पोखरा तथा आसपासबाट सहभागी आउने होटलको अपेक्षा छ ।” 
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?