Monday November 28, 2022

तमुधी युकेको ९औ कार्यसमितीको अधीवेसन हुदै

२५ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम। 39333


तमुधी युकेको ९औ कार्यसमितीको अधीवेसन हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन । तमुधी युकेको ९ औ कार्यसमीतीले सुचना जारी गर्दै आफ्नो संस्थाको अधीवेसन हुन लागेको कुरा जनायको छ । साधारण सदस्य र आजीवन सदस्यहरुलाई अधीवेसनमा उपस्थीत भै भव्य रुपमा सम्पन्न गर्नका लागी सहयोगको लागी हार्दिक अपिल र हार्दीक निमन्त्रणाको सुचना जारी गरेको छ। 

तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्ग र महासचीव कृष्ण गुरुड्गले जारी गरेको सुचनामा नया कार्यसमीतीको पनि चयन हुने कुरा जनाईएको छ। तमुधी युकेका सल्लाहाकार एकेन्द्र गुरुड्ग संयोजक रहेको सो निर्वाचन मण्डलमा सह संयोजकमा नारायण गुरुड्ग र सचीवमा हरी काजी गुरुड्ग रहनु भयको छ । साथै सो निर्वाचन मण्डलले निर्वाचनका प्रक्रियाहरु शुरु भै रहेको जनाईयको छ। 

बिगतमा भयका कामको बिश्लेषण गर्दै भबिष्यका योजनाहरुमा छलफल गरी सफल तमुधी युके बनाउन सबै सदस्यहरुलाई निमन्त्रणा गरीयको छ।  विशुद्ध सामाजिक सस्थाको रुपमा समाज सेवा गर्दै आयको तमुधी युकेले ११:०० बजे १७ नोभेम्वर २०१८ का दिन तमुधी युकेको मीचेटस्थीत आफ्नै भवनमा साधारणसभा सम्पन्न गर्न लागेको छ । 

अत्यन्त सफल रुपमा कार्यकाल पुरा गरेको अध्यक्ष ज्ञाम गुरुड्गको ९औ कार्यसमीतीले नेपाली मेला, गोरखा कप, गुरुड्ग उदगमस्थल क्लोहासोथर अध्ययन भ्रमण, नेपालमा स्कुल निर्माण र हस्तान्तरण, नेपाली कलाकारहरुको लागी प्रोत्सान, पत्रकारहरुलाई बेलायत निमन्त्रणाका साथै  स्थानिय सासंद , मेयर र काउन्सीलरहरुलाई कार्यक्रममा निमन्त्रणा गरी नेपाल र नेपाली प्रति स्थानिय सहयोग सदभाव राख्न सफल रह्यो । त्यस्तै बेलायतमा गठन भयका नेपाली संघसंस्थाहरुसंग सुमधुर सम्बन्ध राख्न प्रयास समेत गरेको थियो । अव हुने निर्वाचनले अझ ससक्त र जुझारु नेतृत्व तमुधी युकेले आसा गरेको शीतलपाटीन्युले आसा राख्दै शान्तपुर्ण रुपमा अधीवेसन सम्पन्न हुनेछ भन्ने शुभकामना छ।

 

स्थान:

11:00 AM, 17/11/2018

160 Mytcheet Road , Surrey

GU16 6AE



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?