११ मंसिर, २०७५
शीतलपाटीन्युज डटकम।
वयल्स, युके - गैर आवासिय नेपाली संघ युके, राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विभिन्न परिवेषले बिदेशमा आई बसोबास गर्दै आएका नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ बिभिन्न कौतुहलतालाई बुझ्न,आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने उदेश्यले आईतवार २५ नोभेम्बर २०१८ का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। बिसुद्द समसामयिक बिषयमा छलफल गरि जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेकुरामा कार्यक्रम केन्द्रित थियो ।
गैर आवासिय नेपाली संघ युके राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको ब्रेकन सहरमा रहेको नेपाली सँस्था ब्रेकन नेपाली समाज युकेको सहकार्यमा आयोजना गरिएको यस बिशेष अन्तरक्रिया कार्यक्रममा वयल्स राज्य समन्वय परिषद्का अध्यक्ष राम चन्द्र पोखरेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय तथा राज्य समन्वय परिसदका सल्लाहकार, ब्रेकन नेपाली समाजका प्रमुख सल्लाहकार एबम समाजसेवी मेजर रिटायर्ड खुशिमान गुरुङ एमभीओले अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा राज्य समन्वय परिषद, वेल्सलाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष प्रेम गाहा मगरले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघ, भू पु गोर्खाहरुको सम्बन्ध र गोर्खा आन्दोलनको बिषयमा प्रकाश पार्नुभएको थियो भने अर्का उपाध्यक्ष शेर बहादुर सुनारले गैर आबासिय नेपाली संघ र यसका सदस्यता सम्बन्धि सम्बोधन गर्दै बेलायतमा रहेका प्रत्येक राज्य र क्षेत्रमा गैर आबासिय नेपाली संघ पुग्ने अठोटका साथ आगाडी बढेको र बढी भन्दा बढी सदस्यता बनाउदै विश्वभरिका गैर आबासिय नेपालीको मुद्दामा एकढिक्का भएर अगाडी बढ्न सबैमा हार्दिक अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई उपाध्यक्ष श्रीमती पुनम गुरुङले २९ सेप्टेम्बर २०१८ मा गैर आबासिय नेपाली संघ बेलायतले आयोजना गरेको काउन्सिल बैठकमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दै उक्त काउन्सिल बैठकमा भएका उपलब्धिहरु सबै सामु प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि गैर आबासिय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदका अध्यक्ष योग कुमार फगामीले गैर आवासिय नेपाली संघ देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागि संगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द रहेकोमा बताउनु भयो । गैर आवासिय नेपाली संघलाई अझ मजबुत बनाउनको लागि मायाँ, सदभाब र सहयोग आबस्यक पर्ने हुनाले गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आबश्यक सल्लाह र सुझाब दिन अनुरोध गर्नुभयो। सम्बोधन गर्दै उहाँले रास्ट्रीय र अन्तरास्ट्रिय रुपमा गैर आबासिय नेपाली संघले गरेका उपलब्धि बारे प्रकाश पार्नुभयो ।
बिशेष आकर्षण अधिबक्ता गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिदै गैर आवासिय नेपालीहरुमा पर्न सक्ने व्यवधानप्रति समिक्षा गर्नुभएको थियो। अधिबक्ता बेलबासेले नेपाली नागरिकता निरन्तरता आन्दोलनको बिषयमा प्रकाश पार्दै यस अभियानमा सबै गैर आवाशीय नेपालीले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अति आबश्यक रहेको कुरा प्रस्ट पार्नुभयो |
वेल्स राज्यको ब्रेकन सिटीमा आयोजना गरिएको बिशेष अन्तरक्रिया कार्यक्रममा राज्य समन्वय परिसदका सचिब निर लाल मोक्तानले संचालन गर्नु भएको थियो भने कार्यक्रममा ब्रेकन, कमब्रान, आभारगाभेनी र कार्डिफका बिसिस्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष एबम राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्व बारे प्रकाश पार्दै कार्यक्रममा उल्लासमय उपस्थिति जनाउनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो।