Sunday August 14, 2022

निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवा प्रहरीद्दारा पक्राउ

२१ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 32488


निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवा प्रहरीद्दारा पक्राउ

शीतलपाटीन्युज डटकम।

बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।  प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । 

घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । समुहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् । 

अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको  देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ । 
अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ, एक प्रहरी अधिकारीले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?