Sunday April 02, 2023

'पोखरा फेशन विक २०१८’ सम्पन्न

३ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1776



शीतलपाटीन्युज डटकम।

पोखरा – फेशन स्कुलको प्रस्तुतिमा ट्रेनर नेपाल आयोजक र इभेन्ट्स फरयु र डिजाइनर्स कल्बको सहकार्य रहेको ‘ पोखरा फेशन वीक २०१८’सम्पन्न भएको छ ।
‘पोखरा फेशन वीक २०१८’ १२ मोडेलले १०० बढी डिजाइनरले तयार पारेका आकर्षक पहिरन ४८ फिटको र्याम्पमा प्रस्तुत गरेका थिए । लै बरी लै, तीज स्पेशल, फ्लेश बेकएबीसी १,२ ,३, फ्युजन, हलिवुड, बलिवुड, कलिवुड ,समर स्प्रिंग जस्ता थिममा गाउँन, लेहेंगा, सारी, वानपिस एवं क्रिएटिभ वेयर्सहरु मोडले र्याम्पमा प्रस्तुत गरेका थिए । 
संचारकर्मी, फेशनस्टाइलिस्ट जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको कार्यक्रममा नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको डोममा आयोजना गरिएको थियो । 
‘पोखरा फेशन वीक २०१८’ पोखरमा अहिलेसम्म आयोजना भएका फेसन शो मध्यको ठुलो रहेको आयोजक संस्थाका रबिन गुरुङले बताए ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?