Monday November 28, 2022

तमु ल्होछार मनाउन आएका आर्थीक मामीला मन्त्री किरण गुरुङलाई विमानस्थलमै भब्य स्वागत

१३ पुष, २०७५ शीतलपाटीन्युज डटकम। 46582


तमु ल्होछार मनाउन आएका आर्थीक मामीला मन्त्री किरण गुरुङलाई विमानस्थलमै भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

हिथ्रो, लण्डन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ हिजो बिहिबार राती तमु धिं युकेको निमन्त्रणामा धर्मपत्नी कृष्णकुमारी गुरुङ श्रेष्ठ सहित ल्होछार मनाउन बेलायत आई पुग्नु भयको छ। 

तमु धिं युकेले आउँदो आइतबार रेडिङ्गमा आयोजना गर्न लागेको ल्होछार कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा गरेको हो । नेकपाका केन्द्रिय सदस्य समेत रहेका मन्त्री गुरुङको स्वागतका लागि तमु धिं युकेका दशौ कार्य समितिका अध्यक्ष एवं ल्होछार संयोजक नन्दजङ्ग गुरुङ, पुर्व अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्षहरु हित काजी गुरुङ, जुमकाजी गुरुड्ग, सहकोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकारहरु डेभिड गुरुङ, मोहन गुरुङ,गणेस गुरुड्ग, हरि गोविन्द गुरुङ, ह्यारी गुरुङ, बिक्रम भट्टराई कार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ लगायत हिथ्रो विमानस्थल पुग्नु भयको थियो।

साथै नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन र तृतीय सेक्रेटरी तेजेन्द्र रेग्मी लगायत दूतावास परिवार, एनसीआईका एलएन पाण्डे, समाजसेवी र नेकपाका शुभचिन्तकहरुले समेत उहाको टीमलाई विमानस्थलमा स्वागत गर्नु भयको थियो। 

तमु धिं युकेका अनुसार मन्त्री गुरुङलाई शुक्रबार साँझ ६ बजे तमु धिं युकेले मिचेटस्थित तमु धिं भवनमा स्वागत गर्ने योजना रहेको,२९ डिसेम्बर शनिबार साउथ ईष्ट रिजनल तमु धिं लण्डन, ३० डिसेम्बर आइतबार तमु धिं युकेद्वारा रेडिङ्गमा आयोजना हुन लागेको तमु ल्होछार कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसैगरी उहाको नेपाली दूतावास लण्डन, तनहुँ समाज युके, एनआरएनए युके र बेलायतस्थित नेकपाका भातृ संगठनले समेत स्वागत गर्ने कार्यक्रम रहेको समाचार छ। 

तमु धिं युकेको नवौं कार्य समितिले आउने ३० डिसेम्बर आइतबारको ल्होछार कार्यक्रममा दसौं कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सोही अनुसार नवनिर्वाचत अध्यक्ष नन्दजङ्ग गुरुङले तमु धिं युकेलाई आगामी दुई बर्ष नेतृत्व दिने छ।वर्तमान अध्यक्ष ज्ञाम गुरुङको ममतामयी आमा श्रीमती चिजा गुरुङको असमायिक निधन भई अध्यक्ष गुरुङ भने बिहिबार दिउँसो दाहसंस्कारका लागि नेपाल प्रस्थान गर्नु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?