१७ पुष, २०७५
माधव कौसीक
प्रिय,
उज्यालो खोजदै हिंडेको म खण्डहरमा पुगेँ त के भो?
बिचको गन्तब्य त्यहि थियो उजाडमा पुगेँ त के भो?
यहि सन्नाटा र खण्डहरले त दिएको छ आज केहि,
यात्रालाई अनन्तसम्म लैजाने उर्जा,
यसैमा एकछिन रमाउँ प्रिय, यसैमा एकछिन रमाउँ प्रिय
उज्यालो खोजदै हिंडेको म खण्डहरमा पुगेँ त के भो?
बिचको गन्तब्य त्यहि थियो उजाडमा पुगेँ त के भो?
पुग्न त खोजेकै हो पुर्णिमाको चन्द्रमा भए ठाउँ,
प्रिय,
बिचमा ग्रहण लाग्यो त के भो,
एकछिनको खण्डहर त हो,
रोकिउं किन आज औंशिकै दिन म .
रोकिउं किन आज औंशिकै दिन म .
उज्यालो खोजदै हिंडेको म खण्डहरमा पुगेँ त के भो?
बिचको गन्तब्य त्यहि थियो उजाडमा पुगेँ त के भो?
प्रिय,
आजकल किन किन मेरा कति यारहरुको बासस्थान टाढा लाग्न थालेको छ,
पहुँच टाढा भएको वा यारहरु, हल्का आँखा धुमिलिञ्छ,
असमन्जस फेरी त्यो खण्डहरमा अद्कन्छु, पर उज्यालो देखेर,
औंशी पछि पुर्णिमा र ग्रहण पछिको उज्यालो सम्झेर,