Sunday August 14, 2022

शीवकल्चर अल्डरसटमा श्रीमदभागवत, वेद र बुध्द दर्शन महोत्सव राजदुत डा.सुबेदीद्वारा उद्घाटन

२१ पुष, २०७५ बाचस्पती रेग्मी 31743


शीवकल्चर अल्डरसटमा श्रीमदभागवत, वेद र बुध्द दर्शन महोत्सव राजदुत डा.सुबेदीद्वारा उद्घाटन

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। बेलायतको अल्डरसटमा रहेको शीव कल्चर एण्ड कम्युनिटी सेन्टरको निमन्त्रणामा बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको ३ दिने श्रीमदभागवत महापुराण, वेद र बुध्द दर्शन सम्बन्धी आध्यात्मीक महोत्सवको भब्य रुपमा हिजो उदघाटन भयो। सो महोत्सवको उद्घाटन प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी र रसमोर वरो काउन्सीलका मेयर ले पानसमा बत्ती वालेर एक समारोह बीच उद्घाटन भयको थियो।

३ दिने महोत्सवको उदघोषण महासचीव बिक्रम भट्टराईले गर्नु भयको थियो भने अध्यक्ष रोहीत गुरुड्गको अध्यक्षतामा भयको थियो । जनवरी ४,५ र ६ गते हुने सो कार्यक्रम बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलज्युको बाचकत्वमा अल्डरसटको Odd Fellows Hall, Queens Road, Aldershot, Hants GU11 3JU मा भागवत महापुराण, बेद र बुध्द दर्शन सम्बन्धी आध्यामीक प्रवचन भैरहेको छ।

सो आध्यात्मीक कार्यक्रममा सुकसुधा श्रवण तथा प्रसाद ग्रहण भैरहेको कुरा अध्यक्ष गुरुड्गले जनाउनु भयको छ। कार्यक्रममा संबोधन गर्दै महामहिम राजदुत डा सुबेदी, मेयर स्टेभी मास्टरसन, संरछ्यक डा विनोद, एलेक्स र महा सचीव राजकुमार त्रिपाठीले नेपाली समुदायले किन्न लागेको भवनले समाजलाई आफ्ना कार्यक्रम गर्न सहयोग पुग्ने आसा राख्नु भयको थियो ।

हेल्थ एण्ड सेफ्टी ब्रिफीप अनुप बर्मा, स्वागत भाषण सल्लाहाकार भीम बानीया, धन्यवाद ज्ञापन संयोजक हरी भट्टराई, घर सम्बन्धी हर्क गुरुड्गले प्रष्ट पार्नु भयको सो कार्यक्रममा श्रीमती पुनम सुबेदी, एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष कुल आचार्य, आईसीसी सदस्य कुमारी गुरुड्ग, एनआरएन युके संरक्षक सुर्य गुरुड्ग , एनआरएन उपाध्यक्षहरु पुनम गुरुड्ग, शेर सुनार, प्रेम गाहा, काउन्सील लीडर डेभीड क्लीफोर्ड, ग्रेटर रसमोर नेपाली कम्युनीटीका अध्यक्ष जीव वेलवासे, पुर्व अध्यक्ष ओम थापा, फानवोरो साई सेन्टर अध्यक्ष सुस्मा गुरुड्ग, आमा, बाबा, दादुभाई, दिदीबहीनीहरु, चन्दादाताहरु शुभचीन्तकहरु, बिभीन्न संघसंस्थाका प्रमुखहरु,

फोटो पत्रकार मीलन तमु गुरुड्ग, पत्रकार महासंघ युके सचीव पुर्ण गुरुड्ग, लण्डन नेपाल न्युजका प्रकास कडेल, शीतलपाटीका प्रतिनिधीको उपस्थीती रहेको सो कार्यक्रममा भव्य थियो । महोत्सव हुने हल शीव कल्चर एण्ड कम्युनिटी सेन्टरले खरीद गर्न लागेको हो ।बिभीन्न आरोह अवरोह पार गर्दै आजसम्म आईपुगेको यो संस्था स्थानीय नेपाली हिन्दु र बुध्द धर्मावलम्बीहरुले समुदायको हितको लागी मन्दीरमा आराधना गर्न, भजन कृतन गर्न, मेडीटेसन योगा गर्न, नाचगानको तालीम गर्न र सामाजीक काम आफ्नै भवनमा गर्न सक्ने बन्नका लागी यो महोत्सव आयोजना गरीयको हो ।

यो भवन खरीदमा सहयोग गर्न चाहाने भक्तजनहरुलाई ,दयालु मनहरुलाई डोनेसन गरी सहयोग गर्न शीव कल्चर एण्ड कम्युनीटी सेन्टरका समीती सदस्यहरुले आव्हान गर्नु भयको समाचार छ।

यही समाचारलाई निमन्त्रणा मानी श्रीमदभागवत महापुराण, बेद र बुध्द दर्शन प्रवचनमा पाल्नु भै फाइदा लिन हुन र कम्युनिटीहल बनाउन अमुल्य सहयोगको लागी शीव कल्चर एण्ड कम्युनीटी सेन्टर हार्दीक आव्हान गर्दछ। हामी हाम्रा कला र संस्कृती कालान्तर सम्म इतिहास बनायर राखौ। "सहयोगी हात बढाऔ र मन्दीर बनाऔ"।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?