Monday July 04, 2022

मृत्यु स्पर्श सार्वजनिक

७ श्रावण, २०७५ Sitalpati News Reporter 317779



शीतलपाटी न्युज डटकम ।
काठमाडौं । कृति ‘मृत्यु स्पर्श’ सार्वजनिक गरिएको छ । शनिबार एक समारोहका बीच साहित्यकार तथा साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीको उक्त कृति बिमोचन गरिएको हो । कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका हुन् । सोहि समारोहमा लक्ष्मी उप्रेतीको रचना रहेको एउटा गीति भिडियो नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले स्वीचअन गरी सार्वजनिक गरे ।
विगत लामो समयदेखि वनिता साहित्यिक पत्रिकाको सम्पादनमा सक्रिय  लक्ष्मी उप्रेतीले आफ्ना जीवनका आरोह अवरोहलाई मृत्यु स्पर्शमा प्रस्तुत गरेकी छिन् ।
कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले पुस्तक अनुभूतिजन्य संस्मरणहरुको संगालो रहेको उल्लेख गर्दै पुस्तकले क्यान्सर जस्तो भयावह रोगलाई पनि परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको उल्लेख गरे । 
सुरुमै क्यान्सरको पत्तो लागे यो रोगबाट बाँच्न सकिन्छ भन्दै क्यान्सरबाट पीडित रोगको हिम्मतका साथ प्रतिकार गरेकी लक्ष्मीको प्रसंशा कार्यक्रमका अर्का वक्ता तथा क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले गरे । उनले लक्ष्मी उप्रेती हिम्मतकै कारण आज पनि साहित्य सिर्जनामा सक्रिय रहन सक्षम रहेको बताए । 
ज्ञानी शोभा तुलाधरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शम्भुजित बाँस्कोटा, भाषाशास्त्री बालकृष्ण पोखरेल, गीता त्रिपाठी, लक्ष्मी उप्रेतीलगायतले बोलेका थिए ।
 
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?