१९ माघ, २०७५
शीतलपाटीन्युज डटकम।
११ वर्षीय अहद निजामले उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । घटना भारतको हो । लोकप्रिय अनलाइन गेम ‘पबजी’माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका ११ वर्षीय अहद निजामले आफ्नी आमामार्फत रिट दायर गर्दै प्रतिबन्दको माग गरेका हुन् । निजामले पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको बताएको भारतीय मिडियाले उल्लेख गरेको छ । ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको छ ।’अहदले उच्च अदालतले महाराष्ट्र सरकारलाई पबजीमाथि प्रतिबन्ध लगाउन निर्देशन दिनुपर्ने माग गरेका छन् ।
‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने समेत माग गरिएको छ । पबजी अर्थात प्लेयर अननोन्स ब्याटलग्राउण्ड एक अनलाइन खेल हो । केही समय पहिले गुजरात सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएपनि पछिल्लो समय यसको रफ्तार फेरी बढेका बेला यि बालकले यसको बन्द गर्नुपर्ने मागेका हुन् ।
source: osnepal.com