Sunday April 02, 2023

गायिका बर्देवाको अर्को चर्चित गीत "थाहा छैन" सार्वजनिक 

२२ माघ, २०७५ शीतलपाटीन्युज डटकम। 36598


गायिका बर्देवाको अर्को चर्चित गीत "थाहा छैन" सार्वजनिक 

शीतलपाटीन्युज डटकम।

लन्डन।  चर्चित गायिका शर्मिला बर्देवाको नयाँ गीत "थाहा छैन के के पाए के के गुमाए" को म्युजिक भिडियो सार्वजनिक भएको छ। नाफा घाटा नसोचेर माया लगाएको र त्यसरी माया लगाउंदा गुमाएका र पाएका भावलाई गीतमा समेटिएको छ। लोकप्रिय गीतकार  राजुबाबु श्रेष्ठको शब्द  र हरि लम्सालको संगीत रहेको उक्त गीत गायिका बर्देवाको युट्युब च्यानलबाट सार्बजनिक भएको छ।

उक्त गीत

https://www.youtube.com/watch?v=7_h0gibgWBI

मा हेर्न सकिने छ। गायिका बर्देवाले कलाकारले आफ्नो सृजनाको मिहिनेत र प्रतिफल आफैले  पाउनको लागि आफ्नै डिजिटल च्यानल  बनाउनु पर्ने बताउनुहुन्छ।अन्य कम्पनीका च्यानलहरुबाट गीत सार्बजनिक गर्दा कलाकारहरुले सतप्रतिशत  प्रतिफल नपाउने हुनाले आफनो लगानी र मिहिनेतको प्रतिफलको लागि आफ्नो सृजनाहरु आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नु  पर्ने  गायिका बर्देवा बताउनुहुन्छ।अहिले स्रोता दर्सकसंग कलाकारहरुको सम्बन्ध गाँस्न  प्रबिधि  डिजीटलाईज भएको अवस्थामा स्रोताहरुसंग सिधा सम्पर्कको लागि कुनै तेस्रो पक्षबाट भन्दा आफ्नै च्यानलबाट गीत रिलिज  गर्नु पर्छ र यदि  तेस्रो माध्यमबाट गीत सार्वजनिक गर्नु परे राम्रो डिलमा कानुनी रुपमा सम्झौता गर्नुपर्ने गायिका बर्देवा बताउनहुन्छ। त्यसरी आफ्नो सिर्जनाहरु सार्बजनिक गर्दा  आफ्नो सिर्जनाको हक अधिकार कलाकारसंगै सुरक्षित हुने गायिका बर्देवा बताउनुहुन्छ।    

हाल लन्डन बस्दै आउनु भएकी गायिका शर्मिला बर्देवाले  आधुनिक गीत र नेपाली फिल्ममा गरि ८५० वटा गीत रेकर्ड गरिसक्नु भएको छ।  गायिका बर्देवाको चर्चित गीतहरुमा आगो लाग्यो  दिलैमा,आँखैमा झल्झली , तस्बिरमा यस्तो, म संग तिमी , सुनको बिहानी, फुलको जवाफ पत्थरले दिनेलाई, सर सर अलि वर, निल काँडा झैँ मन फुल्यो लगायत रहेका छन्।  

मोडेलहरु बिशाल ढकाल र नायिका  महिमा सिलवालको अभिनयको गीतको रो प्रोडक्सन युकेले निर्माण गरेको हो। चितवनको लेक ट्वान्टी थाउजेन्ड फार्म  रिट्रिटको रमणीय स्थलहरुमा छायांकन  गरिएको उक्त गीतको सिनेमाटोग्राफी फोस्टास टालाका  गरेका छन् भने निर्देशन र सम्पादन रो प्रोडस्क्सन युकेका दिपेश रेग्मीले गरेका हुन् ।

बेलायतमा सिनेमाटोग्राफी र निर्देशन सम्बन्धी  अध्ययन गरेका रेग्मीले निर्देशन गरेका म्युजिक भिडियो र डकुमेन्ट्रीहरु चर्चामा रहने गरेका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?