२३ माघ, २०७५
शीतलपाटीन्युज डटकम।
प्रहरीले महात्मा गान्धीको पोष्टरलाई गोली हानेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । गत जनवरी ३० तारिखमा महात्मा गान्धीको पुण्यतिथीमा महात्मा गान्धीको पोष्टरमा एक महिलाले एयर पिस्तोलले फायरिङ गरेको भिडियो सोसल मिडियामा निकै चर्चित भएको थियो । भिडियोको आधारमा प्रहरीले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यसअघि तीन आरापीलाई पक्राउ गरिसकिएको छ । अन्य आरोपीको खोजी भइरहेको अलिगढका वरिष्ठ प्रहरीले अधिक्षक आकाश कुलहरीले जानकारी दिएका छन् ।
अखिल भारत हिन्दु महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान् अशोक पाण्डेयलाई पक्राउ गरिएको हो । प्रहरीले जनाए अनुसार उनलाई दिल्लीबाट नोएडा प्रवेश गर्नेबेला पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बुधबार अलिगढ ल्याइने छ ।