Sunday August 14, 2022

खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो

१० फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 19753


खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो

शीतलपाटीन्युज डटकम।

उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एक तिहाई त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् ।
नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो। नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानाडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आर्कषक गन्तव्य हुन्

केन्द्रीय बैँकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्टे«लिया, क्यानाडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको ३३.४ प्रतिशत हुन आउँछ । यो समाचार कृष्ण रिजाल र भवानीश्वर गौतमले नयाँ पत्रिकामा लेखेका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?