Monday November 28, 2022

समाज सेवा गर्दै ग्रुप पिपल मोर्गेजले तेस्रो वार्षिकोत्सव भब्य मनायो

२७ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम। 38724


समाज सेवा गर्दै ग्रुप पिपल मोर्गेजले तेस्रो वार्षिकोत्सव भब्य मनायो

"संकलित रकम आशा नेपाललाई"

शीतलपाटीन्युज डटकम।

अल्डरसट,लण्डन। सहयोगी र सकारात्मक मनलाई केही कुराले रोक्दैन भन्ने कुरा भर्खरै हाम्रो समाजमा भयका सामाजीक कामले पुष्टी गरेको छ। मोर्गेजका साथसाथै स्टेट एजेन्टको रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको ग्रुप पीपलले च्यारिटी डिनरका साथ आफ्नो तेस्रो वार्षिकोत्सव भब्य मनाएको कुरा कार्यक्रममा सहभागीहरुले बतायका छन्।

८ मार्च २०१९ अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक कार्यक्रमका साथ सो तेश्रो वार्षिकोत्सव मनाइएको हो । विश्वभर १०९ औं अन्तराष्ट्रिय नारी दिवस मनाई रहेको अवसरमा ग्रुप पीपल मोर्गेजले पनि नेपालमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सामाजीक काम गर्दै आएको "आशा नेपाल" नामक संस्थालाई सहयोग गर्ने उद्देस्यले तेश्रो बार्षीक उत्सवलाई च्यारिटी डिनरको नाम समेत दियर आयोजना गरिएको थियो। ग्रुप पीपलका मार्केटिङ्ग तथा डिजाइन म्यानेजर सागर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सेमन्त राईले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा ग्रुप पीपलका अपरेशन म्यानेजर प्रनिशा गुरुङले अतिथिहरुलाई बिशेष धन्यवाद दिनु भएको थियो भने ग्रुप पीपलका लाक्पा शेर्पा र मिलन गुरुङले कार्यक्रमलाई मनोरन्जनात्मक तवरले संचालन गर्नु भयको थियो।

कार्यक्रममा ग्रुप पीपलका प्रवन्ध निर्देशक सूर्यप्रकाश गुरुङले सेवा गर्ने अवसर दिएकोमा सबै ग्राहकहरुलाई धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राखेको र सो कार्यक्रममा नारीको गरिमाको चर्चा गर्दै च्यारिटीबाट संकलित रकम महिलाहरुकै लागि काम गर्दै आएको "आशा नेपाल" नामक संस्थालाई सहयोग गरीने जनकारी गरायका थिए।निर्देसक गुरुड्गले आफ्नो ममतामयी आमा तथा बुबाको समेत बिशेष उपस्थिति रहेको सो कार्यक्रममा आफ्ना ग्राहक, मेहनती तथा परिश्रमी स्टाफ,आफ्नी धर्मपत्नी, बहिनीहरुको साथ र सहयोगका लागि हृदय देखिनै धन्यवाद दिएका थिए।

कार्यक्रममा भर्खरै स्तन क्यान्सरबाट मुक्त भएकी समाजसेवी मञ्जु गुरुङ राईसंग निर्देशक गुरुङले साक्षात्कार समेत गरेका थिए । सो अवसरमा समाजसेवी राईले आफुले पिडीत भयर नजिकबाट अनुभव गरेको क्यान्सर रोग उपचारका लागी गर्नु परेको संघर्ष र स्वस्थ जीवनको बारे आफ्नो जीवनको अनुभव सुनाएकी थिइन। साथै उनले क्यान्सर जस्तो घातक रोगलाई शुरुको अवस्थामा पत्ता लगाउन सकिएमा उपचार संभव हुने बताउदै आफ्नो शरीरलाई आवश्यक जाँच गरिरहन पनि सुझाव दिएकी थिईन। उनले मानिस जहिले पनि बिरामी हुन सक्ने भएको हुँदा आफ्नो स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने बताउदै आवश्यक विमाहरु पनि गर्नु पर्नेमा जोड दिइन। समाजमा अत्यन्त लोकपृय ब्यावसायी, सेवाग्रहीको सेवामा अत्यन्त सरल मृदुभाषी निर्देशक गुरुड्गको कम्पनी मुख मुखमा पीपल मोर्गेज भन्ने बेलायती समाजमा रहेको छभने हरेक इभेन्ट्सहरुमा स्पोन्सर गरेर कार्यक्रम सफल पार्न सहयोग गर्ने बानी रहेको छ।

यसका लागी सो बार्षीकोत्सवमा कार्यक्रममा आशा नेपालको सहयोगार्थ लक्की ड्र समेत खेलाइएकोमा पहिलो बिजेता राज लामा (अल्डरसट) ले एक तोला सुन, दोस्रो बिजेता हरिभक्त गुरुङ (फार्नबोरो) र तेस्रो बिजेता यमुना राई (स्यान्डर्स) लाई पीपल गिफ्ट कार्ड उपहार प्रदान गरिएको थियो । साथै सबै आगन्तुकहरुलाई प्रवेश निःशुल्क गरिएको सो कार्यक्रममा सबैभन्दा टाढाबाट आएका ग्राहक नबिन गुरुङ, समाजसेवी मञ्जु गुरुङ राई, कार्यक्रम संयोजनमा बिशेष सहयोग गरेकी प्रतिमा जोशी, ग्राहक सेमन्त राई, गायिका शर्मिला बर्देवा, गायिका ममता गुरुङ र गायक मनोज गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा ग्रुप पीपलको आस्फोर्ड शाखामा कार्यरत युनिका राईको उत्कृष्ट कार्यको मुल्याड्कन गर्दै उनलाई ‘पीपल अफ दि इयर’ को उपाधीबाट सम्मान गरिएको थियो ।

फार्नबोरोको नर्थक्याम्पमा मुख्य कार्यालय रही सेवा आरम्भ गरेको पीपल मोर्गेजमा अहिले १८ जना स्टाफ कार्यरत रही बेलायतको आस्फोर्ड, स्वीन्डन र एन्डोबरमा समेत शाखा स्थापना गरिसकेको छ । पीपलले घर खरीद गर्न चाहनेहरुका लागि सरल र शुलभ व्याजदरमा मोर्गेजको व्यवस्था गरिदिने, प्रोपर्टी लेटिङ्ग र सेल्समा सहयोग गर्दै आएको छ । त्यसको अतिरिक्त प्रोटेक्सन, विल्स र इन्स्योरेन्स लगायतको सेवा पनि दिदैं आएको छ ।

उपस्थित महिला सबैलाई प्रमुख अतिथि र पुरुषहरुलाई बिशेष अतिथिको रुपमा संवोधन गरिएको कार्यक्रममा उद्घोषकद्वयले यस धर्तीका नारीहरुको महत्व, सहनशिलता र भूमिकाबारे व्यापक रुपमा चर्चा गरी कार्यक्रमलाई नारीमय बनाएका थिए । त्यस्तै, ग्रुपका कापी टिमले बालबालिकाहरुका लागि चित्रकला र पेन्टिङ्गको व्यवस्था गरेका थिए । उनीहरुले आ–आफ्नो तरिकाले पेन्टिङ्ग र चित्र कोरेर थप मनोरञ्जन लिएका थिए ।

गत एक बर्ष भित्र ग्राहक बनेका पीपलका ग्राहकहरुको बिशेष उपस्थिति रहेको कार्यक्रमको लक्की ड्र टिकट र डोनेशन गरी १६०० पाउण्ड संकलन भएको र सो संकलित रकम छिट्टै आशा नेपाललाई प्रदान गरिने ग्रुपका निर्देशक गुरुङले जनाए । उनका अनुसार आशा नेपाललाई डोनेशन गर्न चाहने सहयोगदाताहरुले अझै अनलाईन मार्फत सहयोग गर्न सकिने बताए। स्मरण रहोस्, गत बर्ष पीपलले आफ्नो दोस्रो वार्षिकोत्सवमा गोर्खा वेलफेयर ट्रष्ट नामक च्यारिटी संस्थालाई दुई हजार ३०० पाउण्ड आर्थिक सहयोग गरेका थिए ।

( फोटो: मीलन तमु)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?