Thursday June 01, 2023

नेपालमा रेलवे विकास ठुला आयोजना भयकोले कानुन बनायरै निर्माण गर्नुपर्छ: रेलविज्ञ पाठक

२९ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 38648


नेपालमा रेलवे विकास ठुला आयोजना भयकोले कानुन बनायरै निर्माण गर्नुपर्छ: रेलविज्ञ पाठक

शीतलपाटीन्युज डटकम ।

काठमाडौँ । सोसाईटी अफ कन्सल्टीङ्ग आर्कीटेक्चरल एण्ड ईञ्जिनियरिङ फर्मस् (स्काफ नेपाल) को आयोजनामा नेपालमा रेलवेको सम्भावना र अध्ययनको विषयमा राजधानीमा शुक्रबार अन्तक्रिया सकिएको छ । खासगरी मेट्रोरेललाई प्राथामिकतामा राखेर भएको अन्तरकृयामा बेलायतको लण्डनस्थित विभिन्न रेलवे परियोजनामा काम गर्दै आएका रेलवे विज्ञ राजेश पाठकले नेपालमा रेलवेको सम्भावना, व्यवस्थापन, लागत,जोखिम र नितिगत विषयका सन्दर्भमा प्रस्तुती दिएका थिए ।

उनले नेपालको रेलवे निर्माणमा लन्डनको ढाँचा अपनाउन सकिने बताउदै भूगोल,ठेकेदारसंग निर्माण सम्झौता र नितिगत विषयमा सबैभन्दा पहिला राजनितिक तहबाटै सम्बोधन हुनुपर्नेमा जोड दिए । रेलवेको अध्ययन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने बताउदै पाठकले भने–’रेलवे निर्माण गर्दा के कस्ता समस्या आउछन् ? र त्यसका समाधान के हुन सक्छन् भन्ने प्रष्ट हुनपर्यो । तपाईहरुलाई म भन्छु , लन्डनमा रेलको लागी खर्च भएको १ पाउन्ड बाट ३ पाउन्ड आम्दानी हुन्छ । त्यसैले रेल आयोजना बन्दै गर्दा त्यसबाट हुने फाईदाको विषयमा अध्ययन गर्नु जरुरी छ ।’

पाठकले रेल यातायातको लागी ट्रेन,मनोरेल,लाईट रेल, मेट्रोरेल सञ्चालनमा आएपनि सबैले रुचाईएको साधनचाँही मेट्रोरेल भएको बताए । सरकारले ठुला आयोजना बनाउदै गर्दा रेललगायतका आयोजनामा विशेष कानुननै बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । उनले विभिन्न किसिमका रेलसंरचना रहेको भन्दै काठमाडौँमा मेट्रोरेल भन्दा लाईटरेल उपयुक्त रहेको उनको धारणा थियो ।

नेपालको कालीगण्डकी र मेलम्ची आयोजनामा रहेर ईञ्जिनियरिङ पेशा सुरुवात गरेका पाठकले बेलायतस्थित रेल उद्योगका क्षेत्रमा १५ बर्ष काम गरिसकेका छन । उनले लण्डनमै रहेर ठुला–ठुला विकासका परियोजनामा आफ्नो भुमिका निभाईसकेका छन । शुक्रबार भएको कार्यक्रममा पाठकले नेपालमा रेलवेको सम्भावना र गर्नुपर्ने कामका सवालमा प्रष्ट पारेका थिए ।

अन्तक्रियामा बोल्दै रेलवे विभागका महानिर्देशक मिश्रले मिश्रले बिधुतिय रेलमार्गको अध्ययन अन्तिम चरणमा पुगेको बताए । उनले काठमाडौ–केरुङ,रक्सौल–काठमाडौ, काठमाडौं–पोखरा रेलमार्गको अध्ययन अन्तिम चरणमा पुगेको समेत दावी गरे। मिश्रले पुर्ब–पश्चिमाञ्चल रेलमार्ग अन्तर्गत बर्दिबाससम्म २ बर्षमा रेल आइपुग्ने बताए ।

उनले नेपालमा रेलवेका विषयमा विभिन्न किसिमका अन्तक्रिया र छलफल आवश्यक भएको भन्दै रेलविज्ञनै बोलाएर नेपालको रेलवै विकासमा छलफल गर्नु महत्वपुर्ण भएको धारणा राखे कार्यक्रममा प्रधानमन्त्रीका विकास विज्ञ घनश्याम भट्टराईले नेपाल गरिव नभएको भन्दै देशभित्रको गरिवी मानसिकता हटाउने हो भने मुलुकमा जस्तै ठुला आयोजना पनि सम्भव रहेको प्रष्ट्याए। कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै स्काफका महासचिव कृष्ण सापकोटाले काठमाडौमा मेट्रो,मनो वा कुन रेल बनाउने भन्नेमा दुविधा भएकोले यसलाई प्रष्ट पार्न यो छलफल आयोजना गरेको बताए। कार्यक्रममा विभिन्न क्षेत्रमा काम गरिरहेका ईञ्जिनियरहरुको उपस्थिती रहेको थियो ।

(अनलाइन केन्द्र)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?