Saturday January 28, 2023

यसरी सुमधुर बनाऔं “जीवनसाथी” संगको संबन्ध

२ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 61415


यसरी सुमधुर बनाऔं “जीवनसाथी” संगको संबन्ध

पुर्व प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहज्युको फेसवुक बालबाट -

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। जीवनसाथी संग तपांईको संबन्ध सुमधुर हुनु एकदमै जरुरी छ | सामाजिक पद, प्रतिष्ठा, धन मान, परिवारकै अन्य सदस्य, नातेदार(आमा बाबु वाहेक) , साथीभाई सबै जीवनसाथीको अगाडी गौण बिषयहरु हुन् | त्यसको मतलव अरुलाई महत्व नदिने भन्ने होईन, तर जीवनसाथीले भन्दा बढी महत्व अरु कसैले पनि पाउनु हुन्न | त्यसो हुन सकेन भने आपसी संबन्धमा दरार आंउछ र यसको चपेटामा आफै, परिवारका अन्य सदस्यहरु, सामाजिक ईज्जत सबै पर्दछन |

यो संबन्ध धेरै नाज़ुक हुन्छ, एक पटक बिश्वास हराई सकेपछि फेरी जोडिन गाह्रो हुन्छ र जबर्जस्ती जोड़िए पनि पहिलेकै अवस्थामा पुग्ने संभावना कमै रहन्छ।एक अर्काप्रति अविश्वास नबढाउने सम्मको हल्का फुल्का नोकझोंक, सामान्य ठाकठुक ठीकै हुन्छ, यसले त अझ ताज़ापन पनि ल्याउन सक्ला । तर, त्यसभन्दा अगाडी बढ्नै हुंदैन ।

दुबैजना हिजो भन्दा आज, आज भन्दा भोली संबन्ध कसरी राम्रो बनाउने भन्ने तर्फ मात्र केन्द्रित हुनुपर्छ, एउटाले चाहेर मात्र यस्तो संबन्ध मोहक, बिश्वासिलो र आकर्षक बन्नै सक्दैन। दुबै उत्तिक्कै संबेदनशील हुनु जरुरी छ। हुन त हामीलाई यो बिषय नौलो हुंदै होईन, तरपनि जीवनको अनाबश्यक भागदौड र तनावमा हामीले संधै संझिरहेका हुंदैनौ । आज, यो संबन्धलाई सुमधुर र जीवन्त बनाईराख्न अति आबश्यक केही टीप्सलाई संझिन खोजिएको छ:-

१)एकले अर्कोलाई सुन्नुस- संबन्ध राम्रो बनाउन तालमेलको जरुरी हुन्छ, यसको निम्ति कम्युनिकेसन ग्याप हुनै हुंदैन | आफ्नै भनाई मात्र लाद्ने, जीवनसाथीको कुरो सुन्दै नसुन्ने भएपछि संवाद राम्ररी हुन सक्दैन | एक अर्कालाई राम्ररी सुनेर, दुबैको सहमतीमा निर्णय लिनुपर्छ |

२)ईशारा बुझ्नुस- सबै बिषयमा बोलिरहन पनि ठीक हुंदैन, कतिपय ठॉउमा बोल्न नमिल्ने अबस्था पनि हुन सक्छ, कतिपय अबस्थामा बोल्ने मुड नहुन पनि सक्छ | त्यसैले जीवनसाथी दुबैले एक अर्काको ईशाराको भाषा बुझेर, त्यसै अनुसार चल्न सक्नुपर्छ |

३)आफ्नो भावना ब्यक्त गर्नुस- दुबैजनाले आफ्नो भावना लुकाउन हुंदैन, लुकाएको अवस्थामा एकले अर्कालाई बुझ्न सक्दैन | जीवनसाथीको बीचमा कुनैपनि पर्दाको जरुरत छैन | लाज, शर्म, अप्ठेरो मानेर भावना कसरी ब्यक्तगर्न सकिन्छ ? संकोचले संबन्धलाई नाजुकनै बनाउछ |

४)थोरै भएपनि एकले अर्काको तारीफ गर्नुस- आफ्नो तारीफ मन नपर्ने संसारमा बिरलै भेटिएलान, गुण अबगुण सबैमा हुन्छ | कोही ब्यक्ति पूर्ण हुंदैन, दुबैले एक अर्काको अबगुण बिर्सेर अक्सर गुणको मात्र कुरा  निकाल्नु पर्छ | साथीभाई, पारिवारिक जमघटमा प्रसंग मिलाएर एकले अर्काको अप्रत्यक्ष रुपमा तारीफ गर्नु अझै महत्वपूर्ण हुन्सक्छ |

५)राम्रो ब्वहार गर्नुस- जीवनसाथीलाई गर्ने ब्यबहार र अरुलाई गर्ने ब्यवहार बिलकुलै फरक हुनुपर्छ। अरुलाई गर्ने ब्यबहार गर्दा जीवनसाथीले अपमानित महशुश गर्छ | घरमा मात्र होईन बाहिर त एकले अर्कालाई झनै महत्व दिनुपर्छ र महत्व दिएको अरुले पनि देख्नुपर्छ |

६)समय दिनुस- एउटाले अर्कोलाई बुझ्न भागदौडको जिन्दगीमा पनि केही समय निकाल्नै पर्छ | संगै भएको अबस्थामा सकेसम्म प्रत्येक दिन थोरै भएपनि दुख सुख, भावना तथा अनुभवहरु साटासाटगर्न समय निकाल्नुस | यसले एक आपसको प्रेम बढाउनुको साथै समझदारीको समेत विकास गरांउंछ |

७)रोमांचक ठॉउमा घुम्न जानुस- संधै एकै ठॉउमा बसिरहंदा जिन्दगी निरस हुन्छ, त्यसैले जीवनसाथीलाई समय समयमा लिएर पोखरा, भेंडेटार, कन्याम जस्तो रोमांचक ठॉउमा घुम्न जानुपर्छ | सकिन्छ भने भारत, चिन लगायत तेश्रो देशका रमाईला ठांउहरुमा पनि जॉदा हुन्छ | यसले भादौडबाट अलग गरी जिन्दगीलाई शान्त तथा रोमाण्टिक बनांइउछ र साथै एक अर्काप्रतिको प्रेमलाई समेत नविकरण गर्ने ऊर्जा र समय उपलब्ध गरांउछ |

८)एकले अर्कोलाई देखभाल गर्नुस- आपसी संबन्ध सुमधुर बनाउन एकले अर्कोको सानो भन्दा सानो कुराको पनि देखभाल गर्नुपर्छ | इगोले संबन्ध तहसनहस बनाउंछ | त्यसैले, द इगोलाई प्रबेश निषेध नै गर्नुपर्छ | आफुले साथीको जति केयर गर्यो आफुले पनि साथीबाट त्यतिनै केयर पाईन्छ |

९)तनावबाट बच्नुस- टेन्सन र डिप्रेसन दुबै प्रेमको घोर शत्रु हुन, दुई मध्य १ जना मात्रलाई पनि यो रोगले समात्यो भने जीवन बिखण्डनतिर जान कति पनि समय लाग्दैन | आफुलाई यो रोग लागेको भन्न अप्ठेरो मान्नुपर्ने कुनै कारण छैन | त्यसैले, यसको संभावना देखिने बित्तिक्कै एकले अर्कोलाई सहयोग गरि उपचार गराई हाल्नुपर्छ ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?