Monday November 28, 2022

एनआरएन युकेले १०९ औ संस्करणको अन्तराष्ट्रिय नारी दिवस भब्य मनायो

७ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 33651


एनआरएन युकेले १०९ औ संस्करणको अन्तराष्ट्रिय नारी दिवस भब्य मनायो

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। एनआरएनए यूकेले संयुक्त अधिराज्यमा विभिन्न पेशा र समुदायमा रहेका नेपाली महिलाहरुको सम्मान गर्दै १०९ औ संस्करणको अन्तर्रा्ष्ट्रिय नारी दिवसका अवसरमा "नारी दिवस" मनाईएको छ। गत १७ मार्चका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजीत सो कार्यक्रम बिबिध तरीकाले सो नारी दिवस मनाइएको हो । 

एनआरएन युके महिला विभाग प्रमुख लीलादेवी गुरुड्गको संयोजनमा नेपाली दूताबास लण्डनका राजदूत महामहिम डा सुवेदीकी धर्मपत्नी श्रीमती पुनम सुवेदीको प्रमुख अतिथी रहेको आयोजित विशेष समारोहमा नेपाली साङ्गीतिक आकाशकी एक धरोहर वरिष्ठ गायिका तथा संगीतकार श्रीमती मीरा राणा, अतिथि सामाजिक अभियन्ता राधा पौडेल, संयुक्त अधिराज्यको जोन मोरिस विश्व विद्यालय लिभरपुलकी प्राध्यापक डा सारा पार्कर अतिथिका रुपमा उपस्थित रहेकी थिईन् ।

स्वागत मन्तव्य  एवम हेल्थ्य एण्ड सेफ्टी ब्रिफिड्ग गर्दै लीला सेलीड्ग मावोले संचालन गर्नु भयको उक्त समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी श्रीमती पुनम राज्य लक्ष्मी सुवेदीले नेपालको संविधानले नेपाली महिलाहरुलाई समान हक, अधिकार र सुविधा प्रदान गरिरहेको , संविधानले प्रत्याभूत गरेको हक र अधिकारवाट आज हजारौ नेपाली नारीहरु नेपालको संघ, प्रदेश र स्थानीय तहका राजनैतिक पदहरुमा निर्वाचित हुदै देश र जनताको सेवा गरिरहनु भएको ज्वलन्त उदाहरण दिर्दै उहाले "नेपालको राष्ट्रपतिको सर्वोच्च पद, प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्ष पदमा महिला आसिन हुनु समस्त नारीहरुका लागि गौरवको विषय हो । सम्पूर्ण बेलातयबासी नेपाली दिदीवहिनीहरुलाई एकतावद्ध भएर नेपाली महिलाहरुको चेतना र विकासकालागि योगदान गर्न आह्वान गर्दछु" भन्नुभयो।

 

त्यस्तै कार्यक्रममा महिला अधिकारकर्मी , सामाजिक अभियान्ता  राधा पौडेलले नेपाली महिलाहरुले भोग्दै आएको समस्याको बारेमा बोलेकी थिइन्। उनले नेपालका गरीब र विपन्न वर्गका महिलाहरुमाथि महिनावारीका समयमा हुने सामाजिक दुरव्यवहार र अन्धविश्वासवाट मुक्त हुन सवैले खुलेर बहस गर्नुपर्ने समय आएको बताउदै महिनावारी समस्या र त्यसको समाधानका सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् । 

कार्यक्रममा  अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष लेरी चन्द्र गुरुङ, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले नारी दिवशको बारेमा बोल्दै शुभकामना मन्तव्य दिनु भयको थियो। त्यस्तै, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले शुभकामना सँगसँगै सहभागी र महिला फोरम सबैलाई धन्यवाद दिनु भयको थियो। कार्यक्रममा वरिष्ट समाजसेवी नन्द कुमारी गुरुङ र मर्दिखोला आमा समुहकी अध्यक्ष जगनकुमारी गुरुङले कविता वाचन गर्नु भयको थियो। च्यारीटी समेत आयोजना गरिएको सो नारी दिवस कार्यक्रममा बचत रकम कास्कीको अन्नपूर्ण गाउँपालिका चन्द्रकोटस्थित संगम माविलाई सहयोग गर्ने जनाइएको थियो।  कार्यक्रममा बिभिन्न संघसंस्थाका महिला  अध्यक्ष  तथा प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।

 

नेपालको अध्ययन र अनुसन्धान गरिरहेकी प्राध्यापक डा सारा पार्करले नेपालको सिक्लेसमा आफू र आफ्नो सामाजिक संस्थाद्धारा सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी चेतानामूलक कार्यक्रमहरुका माध्यमवाट नेपाली महिला तथा वालवालिकाहरुप्रति पुर्याएको योगदानबारे एक कार्यपत्र प्रस्तुत समेत गरिएको थियो ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?