Thursday June 01, 2023

पोखरा मेट्रोपोलीटन मेयर जीसी पारीवारीक भ्रमणमा लण्डन आउदै : पोखरेली मंच युकेले अन्तरक्रिया गर्ने

१२ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 83780


पोखरा मेट्रोपोलीटन मेयर जीसी पारीवारीक भ्रमणमा लण्डन आउदै : पोखरेली मंच युकेले अन्तरक्रिया गर्ने

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायत भ्रमणको कार्यक्रममा आउन लाग्नु भएका पर्यटकीय राजधानी सुन्दर नगरी पोखरा महानगरपालिकाका  नगर प्रमुख मेयर मान बहादुर जि सि समेतको टोलीलाई पोखरेली मंच युकेले स्वागत गर्ने भयको छ । सो कुरा फपोखरेली मंच युकेका अध्यछ्य मान प्रसाद गुरूङले बेलायत बसोबास गर्ने पोखरेलीहरूलाई कार्यक्रममा उपस्थीत हुन र आफ्ना जिग्यासा राखी फाइदा लीन अनुरोध समेत गर्नु भयको समाचार छ।

मेयर लगायत भ्रमण दलका सदस्यज्युहरुको सम्मानार्थ स्वागत तथा भेटघाट कार्यक्रम भब्यका साथ गरिने भएको छ। आईतबार ३१ मार्च २०१९ मा अल्डरसट बेलायतस्थित इम्पायर ब्याङक्व्टिङ हलमा २ बजे उक्त कार्यक्रमको आयोजना गरिनेछ ।

पारिवारीक कामका लागी बेलायत आउनु हुने मेयर जीसीले पर्यटन र अन्य कुरामा स्रोतका अनुसार अनौपचारीक रूपमा लण्डन मेयर सदिकलाई समेत भेट्ने कार्यक्रम रहेको बुझीएको छ । बेलायतमा रहनुभएका आदरणीय पोखरेली तथा पोखरालाई माया गर्नु हुने नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरु कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध साथ निमन्त्रणा गरीयको छ । अन्य जानकारी आवस्यक परेमा सम्पर्कका लागि अध्यछ्य मान प्रसाद गुरूङलाइ 07365522863 मा सम्पर्क गर्न सक्नु हुनेछ।  



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?