Tuesday December 06, 2022

पोखरेली मेयर जीसीसंग पोखराको समृध्दीमा बिदेसमा रहेका पोखरेलीको चिन्तन बिषयक अन्तरकृया सम्पन्न

१८ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 125849


पोखरेली मेयर जीसीसंग पोखराको समृध्दीमा बिदेसमा रहेका पोखरेलीको चिन्तन बिषयक अन्तरकृया सम्पन्न

शीतलपाटीन्युज डटकम।

अल्डरसट, लण्डन। बेलायत भ्रमणमा रहनु भएका पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसिज्यु समेतको टोलीले "पोखराको समृद्धिमा विदेशमा रहेका पोखरेलीको चिन्तन र भुमिका" सन्दर्भमा एउटा अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न गर्यो। प्रमुख अतिथी मेयर जीसी रहेको सो कार्यक्रम पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा भयको थियो ।

पोखरेली मंच युकेका सल्लाहाकार रमेश बास्तोला र महासचीव मोहन थापाले उद्घोषण गरी संचालन भयको सो कार्यक्रममा प्रमुख अतिथी मेयर जीसी लगायत उपस्थीत पाहुनाहरुलाई पोखरेली मंचका उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तब्य राख्नु भयको थियो। 

लण्डन बरो अफ बारनेट काउन्सीलका नेपाली काउन्सीलर लक्ष्य गुरुड्ग,एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी एवम उपाध्यहरु पुनम गुरुड्ग र शेर बहादुर सुनार, एनआरएन युके संरक्षक सुर्य गुरुड्ग, पोखरेली मंचका संरक्षक री. क्या. सीवी पुन, तमुधी युके अध्यक्ष नन्दजंग गुरुड्ग, तमुधी युके पुर्व अध्यक्षहरु सुबाससीं गुरुड्ग, कमल गुरुड्ग, रामचन्द्र सुर्य गुरुड्ग, ज्ञाम गुरुड्ग, तमु पे ल्हु संघका अध्यक्ष रि मे खुसीमान गुरुड्ग एमभीओ, साहारा युकेका अध्यक्ष कुमार गुरुड्ग,बगर भाईखलकका अध्यक्ष सीवि गुरुड्ग, रामबजार सोसाइटी युकेका अध्यक्ष जुमकाजी गुरुड्ग, क्षत्री समाज युकेका अध्यक्ष राजन कुमार क्षत्री, समाजसेवी एकेन्द्र गुरुड्ग, क्याप्टेन राजु गुरुड्ग, प्रेम बिश्वकर्माको समेत उपस्थीती रहेको सो कार्यक्रममा पोखराको संबृध्दि र बिकासका बिषयमा ब्यापक अन्तरकृया भयको थियो। 

पोखरा महानगरपालीकाका मेयर मान बहादुर जीसीले पोखराको बिकास र संबृध्दीमा बिदेश बसेर पनि महत्वपुर्ण सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु हुदै यस्तै सहयोगको अपेछ्या सधै रहेको बताउनु भयको थियो । पोखराको बिकास सबैको संयुक्त प्रयासले भयको हो भन्नु हुदै भष्ट्राचारलाई रोक्दै अगाडी बढ्ने प्रयास भैरहेको बताउनु भयो । पोखराको बिकासमा पर्यटन, खेल पर्यटन पनि महत्वपुर्ण रुपमा अगाडी बढीरहेकोमा खुसी ब्यक्त गर्नु भयको थियो ।

 पोखरा अन्तराष्ट्रिय एअरपोर्ट निर्माण, स्टेडियम निर्माण, फेवाताल संरक्षण, सडक र पुल निर्माण, एनआरएन नागरीकताको कुराहरु आवस्यकता अनुसार हुदै गैरहेकोले संबृध्दिमा सकारात्मक बन्दै गएको बताउनु भयो । भर्खरै बेलायतकै नेपाली समाज पोखरेली मंचबाट म्याराथनमा भयको सहयोग, सहारा युकेबाट आहा रारा अन्तराष्ट्रिय फुटवल र सहारा एकाडमीमा भयका सहयोग पोखराको लागी अत्यन्त ठुलो छ। त्यस्तै पोखरा महानगरपालिका प्रमुख प्रसासकिय अधिकृत शेष नारायण पौडेलले पनि नगरपालिकाको बिकासमा एकदमै लागी रहेको र भ्रष्टाचार गर्ने कर्मचारीहरु कारवाही भै रहेकोले संबृध्दीका लागी महानगरपालिका अगाडी बढीरहेको बताउनु भयको थियो।सीनीयर डिभीजनल इन्जीनीयर सोभीत खड्का, पोखरा पब्लीक स्कुलका प्रिन्सीपल कृष्ण केशी समेतले बोल्नु भयको थियो।

बेलायतको स्थानिय निकाय संचालनको तरीका अध्ययन गर्न बेलायत आयको मेयर जीसी र पोखरा महानगरको टीमलाई एन्डोभर नेपाली कम्युनीटीका अध्यक्ष मेजर रोज गुरुड्गले निमन्त्रणा गर्नु भयको थियो। सो टोलीले नेपाली समुदायका समाजसेवीहरुलाई भेटी धेरै नया प्रविधी र उपायहरुको अध्ययन गरीरहेको बताउनु भयको थियो ।

अन्तरकृया कार्यक्रममा नेपालको पोखरा क्षेत्रबाट बेलायत आई बसोबास गरी प्रगती गरेको धेरै जसो संस्थाका अगुवा अभीयन्ताहरु उपस्थीत रहेको सो कार्यक्रममा आफ्नो परिचय दिदै प्रश्न उत्तर पनि भयको थियो । बेलायतमा रहेको संघसंस्थाहरुमा एनआरएन युके, तमुधी युके, तमु पे ल्हु संघ युके, रामबजार समाज युके, पोखरेली मंच युके, सहारा युके, शीव कल्चरल एण्ड कम्युनिटी सेन्टर, बगर भाइखलक समाज युके, गील्डफोर्ड समाज युके, वकिड्ग समाज युके पर्वत समाज युके , फोटोग्राफर मीलन तमु गुरुड्ग,एभरेष्ट टाइम्स , पत्रकार पुर्ण गुरुड्ग र शीतलपाटीन्युज डटकम प्रतिनिधी लगायतको उपस्थीती रहेको सो कार्यक्रम अत्यन्त सफल भयको र पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गको संबोधन पछी पोखरासंगको सम्बन्ध अझ प्रगाढ पार्दै कार्यक्रम समापन भयको थियो ।

 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?