Sunday November 27, 2022

मीठो खाना बनायर मात्रृभुमीको प्रचार गर्ने सबै सेफहरू राजदुत हुन: राजदुत डा सुबेदी

२६ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 39515


मीठो खाना बनायर मात्रृभुमीको प्रचार गर्ने सबै सेफहरू राजदुत हुन: राजदुत डा सुबेदी

नेपाली सेफ एसोसीयसन युकेको अध्यक्षमा दधी आचार्य

शीतलपाटीन्युज डटकम।

लण्डन । नेप्लिज सेफ एशोसिएसन युकेको अध्यक्षमा दधि आचार्य निर्वाचित भएका छन् । सोमबार लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा सम्पन्न संस्थाको दोस्रो अधिवेसनले आचार्यलाई अध्यक्ष निर्वाचित गरेको हो ।बेलायतमा विगत २ दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रहंदै आएका नवनिर्वाचित अध्यक्ष आचार्य पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष समेत हुन् ।

निर्वाचन संयोजक राम शरण सींखडा रहेको समीतीले सबै पद निर्बिरोध भयको घोषणा गरेको थियो । जस्मा नयाँ कार्यसमितिको अध्यक्षमा दधी आचार्य, उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली , महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी, सहकोषाध्यक्षमा धर्मागत चापागाईं भयका छन् ।सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सीना, केबि गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिमा लण्डन र इंग्ल्याण्डको केन्ट, ह्याम्पशायर, मिडल्याण्ड देखि नर्दन आयरल्याण्ड सम्ममा कार्यरत सेफहरुको प्रतिनिधित्व रहेको छ । भविष्यमा स्कटल्याण्ड र वेल्सलाई पनि समेट्ने गरी अघि बढ्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष आचार्यले व्यक्त गरेका छन् । नयाँ कार्यसमितिको घोषणासभामा शुभकामना दिंदै प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदीले खानामार्फत नेपाललाई संसारभर चिनाउने कार्य गरिरहेका सबै सेफहरु देशका सच्चा राजदूत रहेको धारणा व्यक्त गरे ।एशोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई दूतावासको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउंदै राजदूत डा सुवेदीले संस्थामा लण्डन बाहिरका विभन्नि क्षेत्रमा कार्यरत रहेका र महिला सेफहरुको समेत सहभागिता गराउन सुझाव दिएका थिए । सो अवसरमा एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुको पहिलो पुस्तालाई विदेशमा स्थापित गराउन रेष्टुरेन्ट तथा क्याटरिङ क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको बताए का थिए। एशोसिएसनका संस्थापक तथा निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सीनाले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न जानकारी गराउंदै पूरा हुन नसकेका कार्यहरुलाई आउँदो नेतृत्वले अघि बढाउने आशा व्यक्त गरे ।

एनआरएन आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी र पूर्व अध्यक्ष सुर्य गुरुङ,एनआरएन आइसिसी सदस्य रामशरण सिम्खडा सहितका अतिथिले बेलायतमा नेपाली खानालाई चिनाउने र प्रबद्र्धन गर्ने कार्यमा गर्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा व्यवसायी कमल भण्डारी, दयानिधि सापकोटा, रणबहादुर केसी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिङ एशोसिएसन यूके अध्यक्ष विजय थापा, वरिष्ठ सेफ तथा समाजसेवी ध्रुव केसी, प्रवासी नपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, शान्ति नेपाली समाज बर्मिङहमका अध्यक्ष लिलाबहादुर थापा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नेपाली राजदुतावास लण्डनका राजदुत डा दुर्गा बहादुर सुबेदी प्रमुख अतिथी रहेको सो कार्यक्रममा कृष्ण तिमील्सीनाको अध्यक्षतामा भयको थियो भने भुपेन्द्र पाठकले संचालन गर्नु भयको थियो । लण्डन, मिडल्याण्ड तथा नर्दन आयरल्याण्डबाट समेत नेपाली सेफहरु सहभागी भयको सो कार्यक्रममा बेलायतमा लामो समयदेखि कार्यरत रहंदै आएका नेपाली सेफहरु बद्री जैसी, राम डैगोल, हेम सापकोटा र हरि सापकोटालाई एशोसिएसनको तर्फबाट सम्मान गरिएको थियो । सेफ एसोसिएसनमा करिब ७ सय सदस्यदर्ता रहेका र करिब ५ हजार कार्यरत रहेको बताइन्छ।

बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकबद्ध गर्दै उनीहरुको प्रोफेसनल र व्यवसायिक विकासमा समेत सहयोग गर्ने उद्धेश्यले समाजसेवी व्यवसायी कृष्ण तिमल्सेनाको अध्यक्षतामा सन् २०१२ मा पहिलो पटक एशोसिएसन स्थापना भएको थियो । चीकन टिक्का मसाला स्वादिष्ट खानाको रुपमा नेपाली सेफबाट तयार भयपनि इन्डीयन फुड मानीदै आएकोले करिव ५ प्रकारका गुणस्तरीय खाना नेपाली फुड वा हिमालयन फुडको नामबाट आउन सकेमा नेपालको पर्यटन बिकासमा राम्रो हुने बिश्वास लीईयको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?