२८ चैत्र, २०७५
शीतलपाटीन्युज डटकम।
गुल्मी मुसिकोट नगरपालिका १ को चैन डाँडामा बिहान जीप दुर्घटना हुँदा नेपाली काँग्रेसका पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।
दुर्घटनामा धुर्कोट गाउँपालिका ५ का ६५ वर्षीय पूर्व सांसद भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो ।