१३ श्रावण, २०७५
शीतलपाटीन्युज डटकम।
कविता:
डाँडाँ माथीको घाम भन्छन्
डा. केसीले अनसन तोडेको दिन
आज म ठ्याक्कै चार बीस चारमा टेकेको छु।
घरमा कसैलाई भनेको छैन ,
खुसुक्क मन्दिर तीर गएर केहि दीन दुखी हरु लाई दान दक्षिना दिन मन थियो ।
यत्तिकैमा
नातीले हातमा एऊटा कलम खेलाऊँदै भन्यो,हजुरबा ! हजुरबा !
पचास रुपियाँ दिनुहोस् न !
आज भरे स्कूलबाट फर्कदा एऊटा राम्रो कलम किन्नु छ !
हेर्नुहोस न यो कलमको त मसी सकिनै लाग्यो ।
रुन्चे स्वरमा नातीले यसो भनी सके पछि मेरो मनले भन्यो,
एऊटा हैन दुईटा कलम आँफै गएर किनिदिनु पर्छ बुढ़ा
जा गएर किनीहाल !
तर गोजी भने खाली थियो !
मैले भन्न बाध्य भएँ की
नाती बाबु ! नाती बाबु !
यसपालीको भत्ता त तिम्रो हजुरबाको दबाईमै सकियो !
ओखतीको भाऊ पनी साह्रै बढेछ नाती !
मेरो भत्ताले नपुगेर ऊल्टै तिम्रा बा सँग हजार रुपैया सापटी मागेको छु नाती !
अर्को चोटी बृद्द भत्ता बुझे पछि म तिम्लाई राम्रो कलम किन्दिम्ला है
अहिलेलाई तिम्रै बा सँग माग ल नाती !
नाती खिस्रिक्क भयो
किनकी ऊस्ले आजसम्म हजुरबा सँग मुख खोलेर मागीसके पछि
अहिले सम्म कहिल्यै पनी खाली हात फर्कनु परेको थिएन !
नाती फरक्क फर्केर गयो र मन मनै केहि भने जस्तो सुनेँ
सायद भन्यो होला !
लोभी हजुरबा !
नाती स्कूल गयो , छोरा पनी अफिस गैसकेको थियो
नजीकै बसेकी बुहारीलाई सोधेँ
ओलीले त सरकारमा पुगे पछि बृद्द भत्ता बढाऊँछु भन्थे
कहिले बाट बढ्छ होला बुहारी ?
हेर न आज नाती ले ५० रुपैंया माग्दा पनी दिन सकिन
मनै खिन्न भएको छ ।
बुहारी एक छिन् केही बोलीनन्
तर बिस्तारै भनीन्
त्यो त बढ्दैन अरे बा एसपाली !
कहिले बाट बढ्छ रे तनी बुहारी ? मैले फेरी सोधेँ
खै सरकार सँग पैसा नै छैन रे भन्छन्
सायद अर्को बर्ष बढ्छ की !
मलाई त मनमनै कताकता रिस ऊठ्यो र झोंक पनी चल्यो
हैन ओलीले त हाम्रो सरकार गठन हुनासाथ बढ्छ भन्थे
के तिनलाई थाहा रहेन्छ र पहिल्यै बोल्नेबेला ?
फेरी पैसा नै नभए
पुर्ब बिशिष्ट ब्यक्ति लगाएत साँसदहरुले आफ्नै तलब भत्ता र सुबिधा कसरि बढ़ाए त ?
नयाँ नयाँ महँगा र चिल्ला गाड़ी पनी किनेका छन् !
आँफुहरु भने बिदेशमा गएर उपचार पनी गराएका छन्
अनी सुन्छु
राज्यबाट करोडौँ रुपिँया बिभिन्न बाहानामा
आफ्नै कार्यकर्ताहरुलाई बाँडि पनी रहेका छन् अरे
तर हामिलाई दिन भने पुगेन रे है बुहारी !
हो त नी बा ! बुहारी ले फेरी भनीन्
चुनाबको बेला त हजुर पनी केकन्नै ओली ओली भनेर भन्नुहुन्थ्यो नी !
ऊल्टै गाऊँका सबै बुढाबुढीलाई पनी ओलीकै पक्षमा भोट हाल्न भन्दैहुनुहुन्थ्यो
अहिले आएर देखाईदिए ओलीले आफ्नो सक्कली अनुहार
तेहि त नी बुहारी ! गल्ती भएछ यसपाली
फेरी आफ्नै कानले सुनेको कसरि बिश्वास नगर्नु
गैरागाऊँको मैदानमा भाषण गर्दा ऊन्ले तेत्रा मान्छेका सामु भनेकै थिए
हाम्रो सरकार बन्नासाथ पहिला हातहातमा पाँचहजार राख्नेछौँ अनी बल्ल नमस्कार भन्नेछौ
मेरो कानमा त्यो आबाज अहिले पनी ताजै गुन्जीरहेको छ !
के साँच्चै हामीजस्ता बुढाबुढिलाई ऊन्ले धोकै दिएका हुन् त बुहारी ?
मेरो मन त साह्रै रोएको छ बुहारी !
प्रधानमन्त्री जस्तो ब्यक्तिले के यसरी झुट बोल्न मिल्छ र ?
म त भोली काठमाण्डु जान्छु बुहारी !
किन बा ?
म प्रधानमन्त्री लाई सम्झाऊन चाहन्छु !
के हामीलाई यसरि झुक्याऊन पाईन्छ ?
बरु पल्ला घरे ठुल्दाईलाई पनी सँगै लिएर जान्छु
कती भाँती गरेर ऊन्लाई पनी यसपाली मैले नै सुर्यमा भोट हाल्न मनाएको थिएँ
काठमाण्डु गएर के गर्नुहुन्छ बा ?
ऊन्लाई भेट्न पाऊनुहुन्न क्यारे
प्रधानमन्त्री आजकल पहिलाका जस्ता छैनन् रे बा !
साह्रै अनमक्तु भएका छन् भन्ने सुनिन्छ !
प्रधानमन्त्री भए पछि त ऊन्लाई दुई तिहाई को उन्माद चढ़ेको छ अरे
राम्रा कुरा त सुन्नै चाहन्नन् भन्ने सुनेको छु ,
भेट्न त परै जाओस् बा
ऊल्टो पुलिस लगाएर धपाऊँछन् अरे!
हेर्नुहोस् न डा. गोबिन्द के सी लाई के के गरे !
काठमाण्डु पनी बस्न नदिएर जुम्ला जानुपर्यो
२७ दिन सम्म एक पटक पनी कुरा गरेनन्
नत्र अहिले पुरा गर्न सकिने त्यस्ता राम्रा माग को लागी भोकहड्तालै गर्नु पर्थ्यो र बा!
एक चोटी भेट्न समेत गएनन् !
ठिक छ बुहारी !
भेट्न पनी परेको छैन हामीलाई
पहिला पत्रकार बोलाएर हाम्रा कुरा राख्छौँ
ज्ञापन पत्र दिन्छौँ !
तेसपछि पनी सुनवाई भएन भने
हामी पनी अब माईतीघर मण्डलामा भोक हड्ताल बस्छौँ
आमरण अनसन बस्छौँ र सारा देश का ज्येष्ट नागरिक हरु लाई एकबद्द हुन आब्हान गर्ने छौँ ।
र हाम्रो एऊटै मात्र माग हुनेछ
बृद्द भत्ता बढाएर आँफैले बोलेको कुरा पुरा गर र हाम्रो नारा हुनेछन्
नगदमानै चाहियो , झुट्टा बाचा चाँहिदैन
पाँच पाँच हजार बाँड्छु भनी ढाँट्न पाँईदैन
बृद्द भत्ता पाँच पाँच हजार कहिले गर्छौ हे ओली
गफाडिको गफ नबनाऊ तिम्रो त्यो बोली !
फेरी अर्को अनसन् ? यो ऊमेरमा सक्नुहुन्छ र बा ?
हो बुहारी , डा. के सी ले पन्ध्रौँ चोटी बस्न सके
हामीले किन नसक्नु !
मरिहाले पनी के छ र ?
बाँचेछु भने फर्केर आए पछि चौरासीको पुजा गरौँला
मरेछु भने पनी केही छैन
कमसे कम यो झुटको राजनीति गर्नेहरुलाई सचेत गराऊनै पर्छ बुहारी
फेरी फेरी नेताहरुले यसरि खुलमखुला झुट बोल्न नसकुन्
हो बुहारी!
भन्न त ऊन्ले अरु पनी के के भने भने
ऊन्ले भनेका
पानी जहाज र रेल त हामिले देख्दैनौँ होला
घर घरमा ग्याँसको पाईप लाईन र बेड बेडमै भात आऊन त
समय लाग्छ होला बुहारी
बृद्द भत्ता बढाऊने कुरा त सरकार गठन हुना साथ हुन्छ भनेका थिएनी !
बिचरा पल्ला घरे ठुल्दाई !
मेरै बचन काट्न नसकेर घाममा भोट ठोकेका थिए
उनका आफ्नै साला लाई भोट नदिएर
म जान्छु बुहारी !
म भोली नै काठमाण्डु जान्छु
यसपाली डा. के. सी अनसन बस्ने छैनन्
बरु पल्लाघरे ठुल्दाई पनी सँगसँगै लिएर जान्छु !
र म अबस्य अनसन बस्नेछु ।
डाँडाँ माथीको घाम भन्छन्
डा. के सी ले अनसन तोडेको दिन
आज म ठ्याक्कै चार बीस चारमा टेकेको छु।
घरमा कसैलाई भनेको छैन
खुसुक्क मन्दिर तीर गएर केहि ।
लेखक : ओमकार अधीकारी
पोखरा हाल बेलायत
( बिवेकशील शाझा सद्भाव समुह बेलायतका प्रवक्ता हुनुहुन्छ)