Saturday February 04, 2023

एनआरएनए यूकेको अध्यक्षमा म सही उम्मेदवार : उपाध्यक्ष पुनम गुरूङ

१० बैशाख, २०७६ बाचस्पति रेग्मी 38845


एनआरएनए यूकेको अध्यक्षमा म सही उम्मेदवार : उपाध्यक्ष पुनम गुरूङ

शीतलपाटीन्युज डटकम।

लण्डन । एनआरएनए यूकेकी उपाध्यक्ष एवं सामाजिक अभियन्ता पुनम गुरुङले एनआरएनए यूकेको अध्यक्ष पदमा अब म सही उम्मेदवार हो भन्दै उम्मेदवारी दिने घोषणा गरेकी छन् । एनआरएन युकेको सोमबार नोटिङघम लण्डनमा सम्पन्न बैठकले निर्वाचन मिति सेप्टेम्वर १४-१५ तारिख तय भयपछि पुनमले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

‘एनआरएनए यूकेमा उपाध्यक्ष भएपछि मैले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएं, उनले भनीन। महिला हक, हित र अधिकारका लागी अगाडी बढ्दै गर्दा नेपालमा एनआरएनको लगानी, नागरिकता निरन्तरता , ब्रिटीस गोर्खा समान पेन्सन, वयलफेयर र युवा जनशक्ती आदि बिषयमा आवाज उठाउदै आएकीछु भन्दै यस बिषयमा एनआरएन युकेले अगाडि बढाइरहेका हरेक मुद्दामा मेरो संलग्नता र क्रियासिलता रहेकोले यी काम पुरा गर्न मेरो अध्यक्षता अत्यन्त जरूरी छ उनले शीतलपाटी डटकमलाई आफ्नो जीकिर गर्र्दै स्पष्ट पारिन। आफ्नो अनुभवसंगै स्रोत साधन तथा अग्रज अभियन्ताहरुको सुझाव सल्लाहाका कारण म अध्यक्ष लड्ने निष्कर्षमा पुगेकी हुं’- उनले भनिन। डेढ दशक बढि समयदेखि बेलायत बस्दै आएकी पुनम लण्डनमा हुने हरेक जसो सामाजिक गतिबिधिमा सक्रिय छन् ।

हाल एनआरएन युके उपाध्यक्ष रहेकी उनी तमुधी युकेकी संस्थापक आमा समुह अध्यक्ष, राजदुतावास अन्तरगत रहेको नेपाली वइमेन्स एसोसीयसनको उपाध्यक्ष, बेजीङ्स्टोक नेपाली समाज र बिसीसी युकेकी अभीयन्ता हुन। उनी विभिन्न सामाजिक संघसंस्था र व्यवसायमा समेत संलग्न छन् ।

जनसंख्याको आधारमा आधा भन्दा बढी आकास ढाकेको महिलाहरूको नेतृत्वले आसा गरेको परिणाम ल्याउन सक्नेमा म ढुक्क छु, खुलेर मलाई चयन गर्न अनुरोध गरेकी छन।उनले आफ्ना एजेण्डा सहित थप कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताएकी छन् । ‘मेरो उम्मेदवारी महिला वा जनजाती भएकै आधारमा नभइ संघलाई हाँक्न सक्ने आत्मविश्वासले आएको हो’-उनी भन्छिन् । ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?