Monday November 28, 2022

भारतीयलाई नेपाली नागरिकता: जनप्रतिनिधि, कर्मचारी र स्थानीयको संलग्नता

१८ बैशाख, २०७६ शीतलपाटीन्युज डटकम 52834


भारतीयलाई नेपाली नागरिकता: जनप्रतिनिधि, कर्मचारी र स्थानीयको संलग्नता

शीतलपाटीन्युज डटकम।

भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन् । जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेपछि अनुसन्धानको बाटो खुलेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । 

गत मंगलबार नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापामा आएका भारतीयसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । झापा कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी पत्नी चन्द्रकला गुरुङलेजेठो छोरा भन्दै भारतीय भूपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागेका थिए। प्रहरीले बमबहादुर र भूपाललाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाट तत्काल पक्राउ गरेको थियो ।

पहिले नागरिकता बनाउन बाबुछोरा बनेर आउने दुईजना पक्राउ गरी अनुसन्धान भरहेकोमा अहिले जनप्रतिनिधि, कर्मचारी र मुचुल्कामा सही गर्ने स्थानीयका नाममा पनि पक्राउ पुर्जी जारी भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?