Saturday July 02, 2022

आर्थिक र सामाजिक हितमा रोजगारीको अवसर सिर्जना गर्ने अधिकारीको अठोट

३१ बैशाख, २०७६ शीतलपाटीन्युज डटकम। 42691


आर्थिक र सामाजिक हितमा रोजगारीको अवसर सिर्जना गर्ने अधिकारीको अठोट

शीतलपाटीन्युज डटकम
न्यूयोर्क। अमेरिकामा रहेका नेपाली समुदायको आर्थिक, सामाजिक हितसहित रोजगारीको अवसर सिर्जना गर्ने अठोटका साथ शशिचन्द्र अधिकारीले एनआरएन आईसीसीको चुनावी मैदानमा उत्रनु भएको हो । उहाँले उक्त संस्थामा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिनु भएको हो ।
'नेपालीहरूको हक, हित सहित उहाँहरूलाई आवश्यक पर्ने शीप, शिक्षा, परामर्श दिलाउने अबको मेरो मूल एजेण्डा भएको उहाँले बताउनु भयो। ‘अमेरिकामा भर्खर प्रवेश गरेका नवआगन्तुक नेपालीलाई कहाँ कस्तो प्रकारको रोजगारी प्राप्त हुन्छ, व्यवसाय गर्नका लागि कुन ठाउँमा के कस्तो कानुनी तथा नीतिगत र सहुलियतको व्यवस्था छ भन्ने जानकारी सहितको डाटा बैंक स्थापना गरेर सहजिकरण गर्न म प्रयत्नशील रह्न्छु,’ अधिकारीले भने।
'दोहोरो कर,  दोहोरो नागरिकताका विषय त छदैछन् । यो हामी सबैको एनआरएन आईसीसीकै मूल एजेण्डा हो ।’

- सुरेश कोइराला



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?