२० जेष्ठ, २०७६
शीतलपाटीन्युज डटकम।
आज देशैभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वपश्चिम न्यून चापीय प्रणालीका कारणा देशभर मौसम बदली रहने मौसमविद् मन्जु बासीले बताईन्।
उनका अनुसार अहिले पश्चिम रूकुम सल्याणदेखि पूर्वको ओखलढुंगा, रामेछापसम्मको भू–भागमा मौसम बदली भईरहेको र बाँकी भागमा आंशिक बदली भइरहेको बताईन्। नेपालमा मनसुन सुरु भईनसकेको र यो मनसुन हुनु पूर्वको प्रि मनसुन भएको उनको भनाई छ। अहिले मध्य भू–भागमा बदलीभईरहेको केही ठाँउमा चट्याङ परिरहेको मौसमविद् बासीले बताईन्। दिउसो देशका विभिन्न स्थानमा हावाहुरी मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको छ। पानी पर्ने र बदली भईरहने क्षेत्रमा चट्याङ पर्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाई छ।
आज बेलुका पनि मौसम बदली हुने भएको छ। मौसमविद् बासीका अनुसार बेलुका पनि विभिन्न स्थानमा आंशिक तथा सामन्य वदली भई हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने तथा पानी पर्ने विभिन्न स्थानमा चट्याङ पनि पर्ने भएकाले सवधानी अपनाउनुपर्ने आग्रह गरिन्। यो वर्षको मनसुन जुन १० देखि हुने अनुमान गरिएपनि नेपालमा मनसुन कहिलेदेखि सुरू हुन्छ भन्ने अहिले नै भन्न नसकिने मौसमविद् बासीको भनाई छ। नेपालमा मनसुन बंगालको खाडी हुँदै भित्रिन्छ। भारतको केरलामा मनसुन भएको केहीदिनपछि नेपालमा मनसुन सुरू हुने गर्दछ।