Sunday April 02, 2023

न्यूओर्कमा वल्र्ड नेपाली म्युजीक अवार्ड हुने

२ असार, २०७६ शीतलपाटीन्युज डटकम 63202


न्यूओर्कमा वल्र्ड नेपाली म्युजीक अवार्ड हुने

शीतलपाटीन्युज डटकम।

नेपाली गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने उदेश्यका साथ ‘वल्र्ड नेपाली म्युजीक अवार्ड न्यूओर्क २०१९’को आयोजना हुने भएको छ । अमेरिकाको न्यूओर्क सिटीमा आउँदो २३ नोभेम्बर अर्थात मंसिर ७ गते शनिबारको दिन भब्य कार्यक्रमका बिच सम्पन्न हुने आयोजक संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
गएको शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अवार्ड आयोजक संस्था वल्र्ड कनेक्सन यु.एस. इन्कले बिधा समेत सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अनलाइन र प्रत्यक्ष फर्म भरेर सहभागीता जनाउन सकिने बताइएको छ । फर्म यहि जुन २१ बाट अगष्टको ३० सम्म संसार भरीबाट दर्ता गराउन सकिनेछ । अगष्ट ३० पश्चात कुनैपनि फर्म दर्ता नलिइने बताइएको छ । यस्तै सेप्टेम्बर १ बाट सेप्टेम्बर १५ सम्म पाँच जना राष्ट्रिय अग्रज कलाकार जुरी छनौट गरिने आयोजक संस्थाका महासचिव सुमन बुढा मगरले जानकारी दिए ।
अमेरिकामा म्युजीक अवार्डनै पहिलो पटक आयोजना हुन लागेको आयोजक संस्थाका अध्यक्ष आङ गेलु शेर्पाले जानकारी दिए । उनले पछिल्लो समय नेपालमा अवार्ड सम्बन्धि परेको नकारात्मक सन्देशलाई चिर्ने बताए । अध्यक्ष शेर्पाले फर्म भरेका कलाकारहरुबाट सुरुवातको चरणमा नेपालमा कला क्षेत्रमा रहेका बिभिन्न ११ संघसंस्थाका अध्यक्षहरुबाट उत्कृष्ट १० छनौट गरिने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा जुरीले उत्कृष्ट तीन छनौट गर्नेछन् । 
सेप्टेम्बर २९ बाट संसार भरीबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरुलाई जुरीको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष मतबाट ४० प्रतिशत र सामाजिक सञ्जालबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा उत्कृष्ट ३ हरेक बिधाबाट चुनिने बताइएको छ ।

अहिलेसम्मकै उत्कृष्ट हुनेछः अध्यक्ष शेर्पा 
‘‘यो भन्दा अघि सम्पन्न भएका धेरै अवार्डका कुराहरु सुनेका छौं । धेरै बिवादित सुनिएका छन् तर हामीले गर्न लागेको अवार्डमा त्यस्तो हुन दिने छैनौं त्यसकै लागी हामी धेरै अघिदेखी होमवर्कमा छौं । अर्कोकुरा हामीले भनेका छौं जुरी मेम्बर गोप्य राखिनेछ किनकी जुरीको नाम थाहा भयो भने बिभिन्न किसिमका दबाब आउन सक्छन् । यदि जुरीको तर्फबाट पनि नियम भन्दा बाहिर गएर गलत काम गरेको थाहा पाइएमा तत्काल ती जुरीलाई खारेज गरी नयाँ जुरी छनौट गरिनेछ ।’’

अमेरिका लुक्ने कुरै नगर्नुस्ः महासचिव मगर
‘‘कसैले यो अवार्डमा गएर अमेरिकामै लुक्ने भन्ने जस्तो लगत सोँच राख्नुभएको छ भने त्यो सोच्दैनसोच्नुस् । अर्को कुरा यसअघि बिभिन्न अवार्डहरुमा पैसा मागियो रे भन्ने किसिमका कुरा सुनिरहेका छौं । यो अवार्डको फर्म भर्ना मात्र नेपाली रुपैंया २ हजार लाग्ने छ त्यो बाहेक एक रुपैंया पनि कलाकारले खर्च गर्नुपर्ने छैन । 
हामीले नेपाली कलाकारहरुको सम्मानका लागी यति भब्य कार्यक्रम गर्न लागेका हौं । देश बिदेशमा रहनुभएका गीतसंगीत क्षेत्रका कलाकारहरुले फर्म भर्न सक्नुहुनेछ । केहिदिनमै अनलाइन मार्फत फर्म खुल्ला गरिनेछ ।’’ 


 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?