Monday November 28, 2022

कालीकोट राष्कोट अस्पताललाई एकपटकको नेपाली सधैको नेपालीबाट सहयोग

६ असार, २०७६ शीतलपाटीन्युज डटकम। 32007


कालीकोट राष्कोट अस्पताललाई एकपटकको नेपाली सधैको नेपालीबाट सहयोग

शीतलपाटीन्युज डटकम।

स्कटल्याण्ड । एनआरएनए युकेको राज्य ब्यवस्था अन्तरगत एनआरएन स्कटल्याण्ड राज्य ब्यवस्थाले नेपालको  कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पतालका लागी आर्थीक सहयोग प्रदान गरेको समाचार शीतलपाटीन्युज डटकमलाई  प्राप्त भयको छ।

एनआरएनए स्कटल्याण्ड राज्य ब्यवस्था समीतीका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिलवाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रवि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल निर्माण गर्न प्रदान गरिएको जानकारी  प्रकास अर्यालले पुष्टी गर्नु भयको छ। स्कटलैण्डमा सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो ।

कालीकोटको दुर्गममा रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ । सो अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ । अध्यक्ष कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताउनु भएको छ। नेपाली जहा रहे पनि गैह् आवासीय नेपाली नभयर एकदिनको नेपाली सधैको नेपाली भने झै सधै नेपालको बिकास, शान्ती र सम्बृध्दिको लागी तत्पर रहेको छ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?