Tuesday December 06, 2022

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

१५ असार, २०७६ शीतलपाटीन्युज डटकम 29779


ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

शीतलपाटीन्युज डटकम।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुष नलाग्दै सकिइसकेको थियो ।

महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण तथा अन्य भ्रमण ।

यी तीनमध्ये शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पुष मसान्तसम्म नै २ अर्ब १५ करोड खर्च भइसकेको थियो । यो समाचार आजको कारोबार दैनिकमा गजेन्द्र बुढाथोकीले लेखेका छन् । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?