३ श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
खानालाई स्वादिलो बनाउन बाहेक लसुनका अन्य धेरै फाइदाहरु छन् । प्रत्येक दिन एक पोटी लसुन खानाले तपाईको स्वास्थ्य र नराम्रा बानीहरुमा ठूलो सुधार आउँछ । लसुनमा भएको चिल्लोपदार्थ एकदमै गुणकारी हुन्छ ।महिनावारीको समयमा पेट दुख्ने समस्या छ भने लसुनको पेस्टले पेटमा मालिस गर्दा आराम मिल्छ ।यदि तपाई दुस्वप्नको समस्या बाट पिडित हुनुभएको छ भने लसुनको एक पोटीलाई आफ्नो सिरानीको मुनी राखेर सुत्नुहोस् यसले तपाईको डरलाई भगाउँछ ।
लसुनमा जिङ्गको मात्रा धेरै पाइने भएकोले यसले मष्तिस्कमा सुरक्षाको भाव पैदा गर्छ । यदि रातमा अबेर समयसम्म तपाईलाई निद्रा नआउने समस्या छ भने लसुनको एक पोटीलाई सिरानीमुनि राखेर सुत्नुहोस् यसले तपाईलाई छिट्टो निद्रा दिन्छ ।लसुन सिरानीमुनि राख्नाले तपाईलाई राम्ररी निद्रा आउनुका साथै विहान उठ्ने समयमा एकदमै ताजा र उर्जाशील महसुस गर्नुहुन्छ ।