Sunday August 14, 2022

एनआरएन अन्तराष्ट्रिय अध्यक्षमा कुल आचार्य उम्मेदवारको तयारीमा

१३ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम। 21849


एनआरएन अन्तराष्ट्रिय अध्यक्षमा कुल आचार्य उम्मेदवारको तयारीमा

शीतलपाटीन्युज डटकम।

लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने व्यापक तयारी  गरेको समाचार प्राप्त भयको छ। प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन्। लन्डनका व्यवसायी आचार्यले साथीहरुसँग सरसल्लाह गरी आफुले गर्ने कामको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि बताउनु भयकोछ ।
केन्द्रीय अध्यक्ष भवन भट्टले गत बुधबार मध्यराति एक वक्तव्य दिँदै अबको कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्य नेतृत्वका लागि अघि सर्न लागेका हुन् । उनले अध्यक्ष भट्टको घोषणा सकारात्मक भएको बताए । एनआरएनए एउटा गैर राजनीतिक सामाजिक संस्था भएको बताउँदै आचार्यले अग्रजहरुसँगको सरसल्लाह, साथीहरुको आग्रह एवं सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ? भन्ने एक प्रश्नमा आचार्यले सहमतिका लागि आफू संधै खुला रहेको तर एनआरएनए जस्तो संस्थामा बन्द कोठाभित्र बसेर २,३ जनाले निर्णय गर्नुभन्दा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको बताए ।

एनआरएनए एनसीसी बेलायतका पूर्वअध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यको संघकै अर्का केन्द्रीय उपाध्यक्ष जर्मनी निवासी व्यवसायी कुमार पन्तसँग प्रतिस्पर्धा हुने देखिएको छ । पन्तले पनि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन तयार रहेको बताइसकेका छन् ।

आचार्यलाई प्रजातन्त्रवादी पक्षको सहयोग रहने धेरैको ठम्याइ छ भने पन्तलाई वामपन्थी समूहले साथ दिने आँकलन गरिएको छ । आचार्यले विश्वभरका एनआरएनबाट आफुलाई साथ रहने आशासहित आफ्नो उमेद्वारी रहेको पनि बताए ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?