Monday November 28, 2022

पेसा एउटा रुचि अर्कै

२२ असार, २०७५ शीतलपाटीन्युज डटकम। 1952



शीतलपाटीन्युज डटकम। 

काठमाडौं । समाजमा कतिपय मान्छे ‘रुचि एउटा, पेसा अर्कै’ गरिरहेका देखिन्छन् र भेटिन्छन् । यसो भनौँ, ‘माया एउटासँग, बिहे अर्कैसँग’ गीतको भावमा जीवन बाँच्नेहरू धेरै छन्, समाजमा ।

मान्छेले सोचेकै र रोजेकै पुग्ने भए सायद सिर्जनशीलता पनि अवरुद्ध हुन्थ्यो होला । सोचेको पुर्‍याउन वा खोजेको भेटाउनैका लागि त मानिस प्रयासरत छ, र त अनेक सिर्जना सम्भव भएका छन् । त्यस्तै, रहेका छन् चन्द्रकुवेर खापुङ जसको रुचि अर्कै थियो, तर पेसा बनेको नेपाल प्रहरी तर देशको शान्ति शुरक्षा सगै साहित्य क्षेत्रलाई पनि संगसगै अगाडी बढाउन सफल भएका छन् उनि ।

नेपाल प्रहरीको प्रधानकार्यालय कर्मचारी शाखामा कार्यरत उनको अर्को पाटो वा साहित्यिक यात्रा धेरै कमले हेक्का राख्छन् । एसपी खापुङ पेसामा जत्तिकै साहित्यमा पनि अब्बल छन् । तर, पनि उनी भन्छन्, ‘संगीत सिक्छु भन्ने कहिल्यै लागेन, यो जन्मिँदै वरदान लिएर आएछु ।’

अचेल उनलाई शुरक्षाको क्षेत्र मस्तिष्क र सांगीतिक÷साहित्यिक क्षेत्र मुटुजस्तो लाग्छ । ‘मैले यो मुटुलाई अलग राख्न सकिनँ,’ उनले भने । भ्रममा परेकी भुलमा परे नामक गित ऊनको शब्दमा तयार भएको यस गीतमा आलोकश्रीको संगीत र मल्लिका कार्की स्वर रहेको छ।

सहित्यमा रुचि राख्ने एसपी खापुङ का थुप्रै गित र कविताहरु बजारमा आएका छन् ।

(एविसी टेलीभीजनबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?