Monday November 28, 2022

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबाट पुर्ब नेपाल प्रहरीका हकमा ऐतिहासीक निर्णय

२३ श्रावण, २०७६ शीतलपाटीन्युज डटकम । 29108


प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबाट पुर्ब नेपाल प्रहरीका हकमा ऐतिहासीक निर्णय

शीतलपाटीन्युज डटकम।
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न सक्रिय रहेको बताएका छन्। नेपाल पूर्वप्रहरी संगठनका पदाधिकारीहरूसँग आज बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।



सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयासहरु र समुदाय प्रहरी साझेदारी कार्यक्रमबारे उनले जानकारी गराए। विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको आइजीपी खनालले बताए ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान संचालन, राजश्व योगदानको साथै विपद् उद्दारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउदै अब उप्रान्त केन्द्र तथा सबै प्रदेसमा पुर्ब प्रहरीहरुलाइ कल्याणकोषबाट तलब भत्ता सुबिधा नै दिएर कार्यालय र सहायक समेत दिइ  पु्र्ब प्रहरी,अमर प्रहरी र असक्तहरुको कल्याणमा काम लगाइने  छ"। यो निर्णय प्रहरी इतीहासमा एेतीहासीक छ । यो निर्णयले रोपीएको सानो संरचना भबिस्यमा बिशाल बृछ्य हुनेछ जस्को छहारी मुनी हज्जारौ  पु्र्ब प्रहरीहरु एकत्रित र उत्पादक हुन सक्ने छन्।

सूचना प्रविधि, बेरुजु फर्छ्यौट लगायतका क्षेत्रमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय पुरष्कार प्राप्त भएबाट नेपाल प्रहरीको अन्तर्राष्ट्रिय ख्याती बढेको उनले बताए। आज प्रहरी प्रधान कार्यालयमा संरक्षक पुर्ब  प्रहरी महानिरीछ्यक ध्रुव बहादुर प्रधान, पुर्ब एआइजीहरू अम्मर सींह शाह, प्रकाश कुवर ,नबराज ढकाल, भीष्म प्रसाइ, केदार साबद, रण बहादुर चन्द तथा पुर्ब एसएसपी लव बिष्ट समेतको उपस्थिती थियो।

नेपाल पुर्व प्रहरी संगठनका अध्यछ्यको बिग्यप्ती समेत:-

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबाट पुर्ब प्रहरीका हकमा एेतीहासीक निर्णय

महानिरीक्षकको  नेतृत्वमा हाल भएको प्रहरी संगठनको  बिकास तथा सेवा संचालन प्रक्रिया एेतीहासीक।

१,आज प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक सर्बेन्द्र खनालज्युबाट पुर्ब प्रहरी संगठनका पदाधिकारीहरुसंग भेटघाट र छलफल गर्नुभयो। यो भेटधाटमा वहाले एउटा एतीहासीक नीर्णय  गर्नुभएको छ।  जुन नीर्णयलाई नेपाल पुर्व प्रहरी संगठनले मनबाटै स्वागत गर्दछ र आभार ब्यक्त गर्दछ।  वहाबाट गरीएको निर्णय यस प्रकार छ ।

“ अब उप्रान्त केन्द्र तथा सबै प्रदेसमा पुर्ब प्रहरीहरुलाइ कल्याणकोषबाट तलब भत्ता सुबीधा नै दिएर कार्यालय र सहायक समेत दिइ  पु्र्ब प्रहरी,अमर प्रहरी र असक्तहरुको कल्याणमा काम लगाइने  छ"। यो निर्णय प्रहरी इतीहासमा एेतीहासीक छ । यो निर्णयले रोपीएको सानो संरचना भबिस्यमा बिशाल बृछ्य हुनेछ जस्को छहारी मुनी हज्जारौ  पु्र्ब प्रहरीहरु एकत्रित र उत्पादक हुन सक्ने छन्  ।

२- प्रहरी महानिरीक्षक खनालले उक्त अबसरमा वहाहरूको कार्यकालमा गरीएका भौतीक संरचना, प्रबीधी, कानुन परीमार्जन, अपराध अनुसन्धान तथा रोकथामका साथै मानब ब्यबस्थापन तथा सबारी साधन ब्यबस्थापनको क्षेत्रमा गरीएका उपलब्धी बारेपनी जानकारी गराउनु भयो । संम्पुर्ण उपलब्धीहरु आफैले सुनेर र देखे पछी नेपाल पुर्ब प्रहरी संगठनले यो बिस्वास गर्योकी आइजीपी खनालले माथी भनेका क्षेत्रमा गरेको उपलब्धी एेतिहासीक र अकल्पनीयछ। प्रहरी महानिरीक्षकहरुको योगदान बिषयमा मुल्याड्कन गर्नु पर्दा आजबाट हामीलाइ लाग्यो  “महानिरीक्षक खनालको योगदान प्रहरी संगठनको आन्तरिक बिकास तथा सेवा प्रदानमा इतीहासमा अबिस्मरणीय रहने छ। वहा र वहाको संम्पुर्ण प्रहरी टीमलाइ पुर्ब संगठनको  प्रमुख हैसीयतले मनबाटै बधाइ टक्राउदछु ।

३-आजको भेटघाट बास्तब मै हार्दीक र उपलब्धी पुर्ण रह्यो । नेपाल पुर्ब प्रहरी संगठनका समग्र पदाधिकारीहरुलाइ साथ दिन संरक्षक पुर्ब  प्रहरी महानिरीछ्यक ध्रुव बहादुर प्रधान, पुर्ब एआइजीहरू अम्मर सींह शाह, प्रकाश कुवर ,नबराज ढकाल, भीष्म प्रसाइ, केदार साबद, रण बहादुर चन्द तथा पुर्ब एसएसपी लव बिष्टज्युबाट समए प्रदान तथा महत्वपूर्ण बिचार दिनु राख्नु भएकोमा संगठनका तर्फबाट आभार ब्यक्त गर्दछु ।

आजको कार्यक्रम राम्रोसंग संचालन र ब्यबस्थापन गरीएको थियो । डीआइजी बिश्व पोख्रेल , एसएसपी उमेस जोशी तथा सचिबालय टीमलाइ  नेपाल पुर्ब प्रहरी संगठन अध्यक्ष बसन्त कुवरले धन्यबाद दिनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?