३० श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
पूर्व न्यूज २४ का पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो निकै भाइरल भएको छ। पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुपर्ने कारण सहितको भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछाने सहित तीन जनाको नाम लिएका छन् । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा आफूले आत्महत्या गर्नपर्नुको कारण पत्रकार पुडासैनिले रुँदै प्रकट गरेका छन् । भिडियोलाई लिएर जनताहरुले बिभिन्न टिक्का टिप्पणी गरेका छन् भने रबिका सर्मथकहरुले उनको पक्षमा बोल्दै उक्त भिडियो जालसाझी हो भन्दै बिरोध गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान भईरहेको अवस्थामा भिडियोको आधारमा प्रहरीले पत्रकार मृत्यु प्रकरणको कारण आत्महत्या भएको जनाएको छ ।
पत्रकार पुडासैनीले मर्नु अघि मोबाइलमा रेकर्ड गरेका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो अनुसार उनलाई आत्महत्या गर्न दुरुत्साहन गर्नेमा ख्यातीप्राप्त पत्रकार रवि लामिछानेको समेत हात रहेको बताएका छन् । पुडासैनीले भिडियोमा आत्महत्याको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेका छन् ।
भिडियोका आधारमा प्रहरीले रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ । भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि पुडासैनीको परिवारले भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेका थिए ।