३० श्रावण, २०७६
शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। नेपालीहरुको राजधानीका रुपमा चिनीने बेलायतको अल्डरसट शहरमा रहेको शीव कल्चर एण्ड कम्युनीटी सेन्टरले खरीद गरेको भवनमा शीव मन्दिरको सेवा संचालनका लागी रसमोर बरो काउन्सीलले स्विकृती दिएको समाचार छ। काउन्सीलले यस पुर्व D2 क्याटागोरीमा रहेको पार्टी र डान्सहरु गर्न मील्ने सो एक तले भवन अब D1 फुल क्याटागोरीको “to allow premises to be used as a community centre and place of worship” permission granted भनेर स्विकृती दियको छ।
l
अव युके बिल्डीड्ग सोसाइटीको नियम अनुसार भवनका कारण वाहिर वरिपरि हल्ला र आवाज नहुने साउण्डप्रुफ बनायर भीत्र कम्युनिटी प्रोग्राम, मन्दिर राखेर पुजा आराधना, बिबाह, ब्रतबन्ध, जन्मदिन, धार्मीक प्रवचन जस्ता कार्यक्रम संचालन गर्न सकिनेछ।सो कुरा शीव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुड्गले स्विकृती पाएपछि राखेको मीटीड्गमा लाईसेन्समा भयको बुदाहरु पढेर प्राप्त लाइसेन्सको ब्याख्या गर्नु भयको थियो। सेन्टरका महासचीव बिक्रम भट्टराइले संचालन गरेको सो कार्यक्रममा अव मन्दिर भवन संचालन गर्न मरमत गर्ने र मन्दिर स्थापना गर्ने बिषयमा ब्यापक छलफल भयको थियो भने कोषाध्यक्ष बाचस्पति रेग्मीले बचत बजेट र गीफ्ट एडका बारेमा बताउनु भयको थियो।
अध्यक्ष रोहित गुरुड्ग, शाइ सेन्टर फानवोरोकी अध्यक्ष सुष्मा गुरुड्ग, काउन्सीलर प्रवेश केसी, सल्लाहाकारहरु हर्क गुरुड्ग, भीम बानिया,हरि कुमार श्रेष्ठ, मधुकर गुरुड्ग, कृष्ण गुरुड्ग, रंजीता मल्ल, निलकण्ण पौडेल, शुसीला पौडेल,पवित्रा भट्रराई, राम ढकाल,उपाध्यक्ष गोपाल बिक, महासचीव बिक्रम भट्टराइ, कोषाध्यक्ष बाचस्पति रेग्मी र भारतीय डा बिनोद लगायतको सो अवसरमा उपस्थीती थियो।
साथै सेन्टरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेस्याम लेकालीले पनि भ्रमण गरि नेपाल बाहिर शीव कल्चरल सेन्टर खुलेकोमा महत्वपुर्ण काम भयको भन्दै सराहाना गर्नु भयको थियो । उहा बेलायत च्याप्टरको संयोजन र व्यवस्थापनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको छैटौं अन्तर्राष्ट्रिय सम्मेलनमा बेलायत आयका बखत शीव कल्चरलको अवलोकन र मन्दिरमा दर्शन गर्नु भयको थियो। सन २००७ बाट मन्दीर स्थापना गर्ने प्रयास अव अन्तीम चरणमा पुगेको अध्यक्ष गुरुड्गले बताउनु भयको छ।