Sunday August 14, 2022

एनआरएन इग्लैण्ड राज्य परिषदको अध्यक्षमा दीपक श्रेष्ठ उम्मेदवार

२५ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम। 66247


एनआरएन इग्लैण्ड राज्य परिषदको अध्यक्षमा दीपक श्रेष्ठ उम्मेदवार

शीतलपाटीन्युज डटकम।

लण्डन । एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतका ब्यवसायी एवम लोकप्रिय एनआरएन अभियन्ता दीपक श्रेष्ठ उम्मेदवार भएका छन् । गैर आवासीय नेपाली संघले युके भरी ४ राज्य समन्वय परिषद स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्ड र ईड्गलैण्ड गठन गरेको छ । आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलो पटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बनेका छन् ।

यसअघि एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिएका श्रेष्ठ पछिल्लो समय उम्मेदवार नबन्ने मनस्थितिमा थिए । एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । यहा नेर एनआरएन अभीयन्ता सदस्यहरु र समाजले भोट दिने बेला जान्नु पर्ने कुरा के छ भने पुरा युकेको अध्यक्षमा शेर बहादुर सुनार र पुनम गुरुड्ग प्रतिष्पर्दी हुनुहुन्छ भने इड्गलैण्ड राज्यको अध्यक्षमा दिपक श्रेष्ठ र भीम सारु बिच प्रतिस्पर्दा भयको छ।

पद भन्दा पनि काममा उचित भुमिकाको खोजिमा रहने अध्यक्षका उम्मेदवार श्रेष्ठ राज्य समन्वय परिषदमा बसेर जनचाहाना अनुसार काम गर्न सकिन्छ भन्ने लागेर अध्यक्ष पदमा उम्मेदवारी दिएको बतायका छन्। यो भुमिकामा ईण्ल्याण्ड बासी नेपाली दाजु- भाई आमा-बुबा हरूको घर दैलोमा पुगेर एनआरएन को महत्व, आवश्यकता र भुमिका बारे जानकारी गराउने उनको लक्ष्य छ। जनभावना अनुसार एनआरएन लाई सबैको प्यारो छाता संगठन बनाउन आफ्नो पहल हुने उहाँले बताउनु भयो।

इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई सतहबाटै माथी उठाउने, स्वफुर्त रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उहाको रहेको छ। एनआरएन यूकेको २०१३ – २०१५ कार्यसमितिमा सदस्य २०१५ –२०१७ मा कोषाध्यक्षको रुपमा प्रभावशाली भुमिकाका निभायका उनी एनआरएन वृत्तमा उनको कामको पनि चर्चा हुने गरेको छ । बेलायतका सफल युवा व्यवसायी श्रेष्ठ सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता हुन् ।

बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष उनी अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माण गर्दैछन। श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ। २००७ देखि बेलायतको बसेका पासा: पुच गुठि साउथ ईस्ट लण्डनबाट सामाजिक कार्यको यात्रा सुरू गरेका उनि संस्थामा सह- कोषाध्यक्ष, कोषाध्यक्ष , महा-सचिव हुदै उपाध्यक्षको ज़िम्मेवारी सम्हाल्दै हाल केन्द्रीय सदस्यको रूपमा कार्यरत छन । उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष, पशुपती मन्दिर बेलायतका ट्रष्टि बोर्डका सदस्य, ईनास ग्लोबल, प्रतिभा नक्षत्र , एनआरएन यूके, पासा पुच साउथ ईस्ट लण्डन लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा सल्लाहकार छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?