Saturday February 04, 2023

फेसबुकमा सुन्दरी डाक्टरले छोटो कपडा लगाएको फोटो अपलोड गर्दा जागिरनै गयो

३१ भाद्र, २०७६ शीतलपाटीन्युज डटकम 74125


फेसबुकमा  सुन्दरी डाक्टरले छोटो कपडा लगाएको फोटो अपलोड गर्दा जागिरनै गयो

शीतलपाटीन्युज डटकम।

फेसबुकमा एक सुन्दरी डाक्टरले छोटो कपडा लगाएर खिचेको फोटो अपलोड गरेको आरोपमा म्यानमारको मेडिकल काउन्सिलले ती महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको खवरले चर्चा पाईरहेको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले छोटो कपडा लगाएर खिचेको फोटो फेसबुकमा अपलोड गरेपछि उनको डाक्टरी लाइसेन्स खारेज गरिएको समाचारहरुमा जनाइएको छ ।

२८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकबाट बोल्ड तस्वीरहरु सार्वजनिक गर्दे आएकी थिईन । जसलाई उनले पछिल्लो पटक पनि निरन्तरात दिईन ।अहिले उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गर्दे लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध जनाएकी छन ।

तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको मेडिकल काउन्सिलले ठहर गरेको हो।कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर फेरी फेसबुकमा अपलोड नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिइसकेको छ । तर, उनले भने मानिरहेकि छैनन् । उनको विवादित तस्विरमा १८ हजार लाइक र ५६ सय कमेन्ट आएका छन् ।

उनलाई काउन्सिलले सोधेको छ, ‘तपाई एक पेशेवर चिकित्सक हो । यदी तपाईलाई मोडलिङ अथवा चिकित्सक मध्ये एक रोज्नुपर्छ । तपाई दुवै लिन सक्नुहुन्न किनभने यी दुई एकअर्काका विरोधी हुन् ।’अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनले काउन्सिललाई जवाव दिएको बताइएको छ । एजेन्सी



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?