३१ भाद्र, २०७६
एल एन पाण्डे, चार्टर्ड एकाउण्टेन्टस्।
बास्तवमा भन्ने हो भने यों युकेको मात्र बिश्लेषण नभई संपूर्ण एनआरएनए कै चुनाब पद्धति को हो ! आजभन्दा पन्ध्र वर्ष अघि गैर आवासीय नेपाली संगठन (एनआरएनए) को जन्म भएपछिका केही वर्षसम्म नेपालमा यो संस्था र यसका सदस्यहरूप्रति अति नै सम्मान गरिन्थ्यो । अहिले नेपालमा न त यो संस्थाप्रति त्यो सम्मान बाँकी छ, न त एनआरएनहरू प्रति समाज नै अनुग्रहित छ ।
गैर आवासीय नेपाली संघलें नेपाल बाहिर बसोबास गरिरहेका नेपाली मूलका ब्यक्तिहरुको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ, खास गरी नेपालको सन्दर्भमा! यस अर्थमा यों एउटा प्रतिनिधि मुलक संस्था हो ! यसको शुरुआत केहि अग्रजहरुलें अंतर्राष्ट्रीय समन्वयको हिसाबलें गर्नु भयो, एउटा अभियानको रूपमा ! तसर्थ अभियानमा सबै सरोकारवालाहरु त्यत्तिकै सक्रिय भएर लाग्छन भन्ने आवश्यकता नै छैन। त्यसैलें सबै गैर आवासीय नेपालीहरु यसको सदस्य बन्लान भन्ने आशा पनि नगर्दा हुन्छ ! यसमा द्विबिधा छैनकी यस संस्थालें केहि हद सम्म आफ्नो उपलब्धि हासिल गरी सकेको छ। यसले गरेको उपलब्धिको श्रेय लिन चाहने ब्यक्ति र उपलब्धिलाई कदर गर्ने ब्यक्ति यसको सदस्य हुन्छन, नचाहाने ब्यक्तिहरुलें त्यसको फायदा मात्र लिन्छन ! केहि गुनासो नगर्दा पनि हुन्छ ! कसै कसैलें 'म निस्किन्छु' भनेर बेलाबेलामा धम्की दिएको पनि देखियो ! राजा मरेर देश चलीरहन्छ भने तपाई हामी त यों सिस्टमको केहि अंश पनि होइनौ !
अब कुरो आयो चुनाब को। चुनाव हो, एक जनालें हार्ने त निश्चित नै छ ! लड़े पछि त हार्न पनि त सकिन्छ, यों त स्वभाबिक हो, जन्मे पछि मर्नु पर्छ भने जस्तै। अनि एक पटक हार्दैमा संसार सकिन्छ र? हारलें बास्तबमा धेरै सिकाउछ र धेरै बलियो पनि बनाउछ, मात्र स्वीकार गर्न सक्ने हिम्मत चाहिन्छ !
कुरा आयो, सामाजिक कार्य गर्न चुनाव लडनू पर्ने? सामाजिक कार्य गर्दा हार्नु पर्ने कारण देख्दिन म! हार्दाको पीड़ा एकतर्फ हुनेछ भने लगानी गरेको पैसाको दुरूपयोग अर्को तर्फ़ ! त्यसलें गर्दा संस्था प्रतिको उत्साह मरेर केहिमा नकारात्मक भावना नआउला भन्न पनि सकिन्न ! संस्थाको उद्येश्य के हो, कति जना उम्मेदवारलाई समेत थाहा नहोला र आफ्नो मूल दक्षता (कोर कम्पेटेन्सी) के हो, त्यों पनि सोचनीय छ ! तपाईलें संस्थालाई के दिन सक्नु हुन्छ र अनि संस्थालाई तपाईको साच्चै आवस्यकता छ त, कसले सोच्ने यों कुरा? कसले कस्लाई सोध्ने यों कुरा ? यहाँ आफुलाई भ्रममा पार्ने त छदै छन, अरुलाई उठाएर त्यसको मनोरंजन लिने पनि देखियो ! हामी यहां रहरलें लाग्ने पनि छौं ! धेरै खर्च तथा समय लगानी गरिएको छ ! के हो त त्यसको प्रतिफल?
कतिपय सदस्यहरुको मनोदशालें जनादेश स्वीकार्न नसक्ने (my way is highway भन्नेहरु) र नेपालमा लगानी गर्न हुन्न भन्ने महानुभावहरु पनि एनआरएनएको उम्मेदवार भएका छन !
समाज सेवाले दिने सन्तुस्टिको लागि एनआरएन मै लाग्नु पर्ने बाध्यता पनि छैन ! मेरो अनुभवको आधारमा कुनै पनि सामाजिक संस्थाको कार्य कुशलता (एफिशिएंसी) त्यसको ऊपरी लागत (ओवर हेड ) कति न्यून छ भन्ने आधारमा ठानिने छ ! यस संस्थामा हुने ऊपरी लागतको मर्का लागेकालाई खुकुरीको चोट अचानालाई सरी थाहा होला ! यद्यपि संगठनमा सहभागी हुन सदस्यता शुल्क घटाएको सरहनीय छ भने अर्को तर्फ़ समितिमा जान पाउने लागत धेरै गराउँदा सस्थामा रही सेवा गर्न चाहने इच्छुक समाजसेवीलाई सहज़ पहुंचलाई गाह्रो बनाएको छ ! चुनाब प्रचार प्रसार तथा खानपिन प्रयोजनको जिम्मा लिनु पर्ने ब्यबस्था र आफ्नो उत्पादक कार्यबाट बिराम लीनु पर्ने बाध्यतालें सम्भाबित आम्दानी पनि गुमाउनु पर्ने देखिएको छ !
अब, मुख्य मुद्दा के हो भने अन्य सामजिक कार्य गर्दा संतोषमात्र पाइन्छ ! तर एनआरएनमा सामाजिक कार्य गर्दा नाम र इज्जत बढला भन्ने लोभ, सामाजिक तथा ब्यबसायिक रूपलें स्थापित ब्यक्तित्वसंग संजाल (नेटवर्क) होस भन्ने अभिलाषा अथवा नेपालको राजनीतिमा आफ्नो प्रभाव बढाउने आकांक्षा अथवा स्थानीय संस्थाहरुमा सम्मानित भैएला भन्ने आशालें यसको पदाधिकारी हुन धेरै जसो ब्यक्तिहरु अभियंताहरु ललायित देखिन्छन, कतिपय यसलाई उपेक्ष्या गर्नेहरु पनि छन, तर तिनै मध्ये कतिको कहानि अमीलो अंगूरको जस्तै पनि छ !
सारांशमा एनआरएनलाई (एनआरएनए होइन है) योगदान मात्र दिन चाहने ब्यक्ति यों चुनाबको चक्करमा पर्दैनन। त्यसैलें धेरै ब्यक्ति स्वभाबैले बाहिर छन ! यसले नेपाली नीतिमा गैर आवासीय नेपालीको हक़ र अधिकारको सुरक्षा गर्न दबाब दिन बनाइएको संस्था हो, यस अर्थमा यों राजनैतिक तर स्वोपकार संस्था पनि हो ! एनआरएनलें आकस्मिक आपातकालीन स्थितिमा जनहित काम गरेको छ, सरकारसंग सहकार्य गरेको छ, स्थानीय समाज र आर्मी, पुलिससंग काम गरेको छ, यस अर्थमा यों सामाजिक संस्था हो, न की परोपकारी (charity) संस्था ! यसलें मुख्य मुद्दाको लागि सहानुभूति मात्रै बटुल्छ, ओझल पार्दैन !
एनआरएनलें नेपालमा लगानी प्रबर्धन गर्ने प्रयास गरेको छ, त्यसलें नेपालको आर्थिक सम्बृद्धिमा योगदान दिए पनि, त्यों अवस्य पनि लगानीकर्ताको प्रतिफलको लागि भएकोले ब्यापारिक संस्था पनि हो ! एक पटकको नेपाली सधैको नेपाली वा नागरिकताको निरंन्तरता वा दोहोरो नागरिकता जे भने पनि एउटा मुद्दा त समाउनै पर्यो ! संबिधानलें दिने दिई सक्यो, ऐन र कानूनमा दिनु पर्ने दखलको लागि एनआरएनएको पहुंच नगण्य भएकै हो !
नेपालका राजनैतिक पार्टीको रूचि होस वा नहोस अभियन्ताहरुलें आफ्नो छत्र छायाको रूपमा राजनैतिक पार्टीहरुको प्रयोग गरेको पनि पाइएको छ ! पार्टी कार्यकर्तालें सके निर्देशन दिने नसके प्रभाब त पारेकै छन, पार्टीका कार्यकर्तालाई पनि त एउटा गरी खाने मेलो चाहियो, यद्यपि स्वाभिमान मतदाताले पार्टीको अनौपचारिक ह्विपलाई बेवास्ता गरेको पनि देखियो, आखिर गोप्य मतदान न हो ! हो, केंद्रीय स्तरमा पार्टीलें चाही आफ्नालाई काखा पराईलाई पाखा गरेकै छ !
यसरी हेर्दा हामी गैर आवासीय नेपालीहरुको साझा संस्थालें आफ्नो सही कार्यबिधि बनाउन चुकेकै हौ जस्तो लाग्छ।
राधे! राधे!!