Thursday June 01, 2023

हिमाल आरोहणमा नेपाली निर्मल पुर्जाको विश्व कीर्तिमान

१२ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम । 38836


हिमाल आरोहणमा नेपाली निर्मल पुर्जाको विश्व कीर्तिमान

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ । म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । सोमबार चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा ७ महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका छन् ।

सोमबार उनले विश्वकै चौथो अग्लो सिसापङ् (८,०२७ मि) हिमाल आरोहण गरेका हुन् । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो ।



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका थिए। त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो धवलागिरि हिमालको ८,१६७ मिटर आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्कनुभएको उनका आफन्त रेमन पुर्जाले जानकारी दिए ।

पुर्जाले धवलागिरि हिमालमा बिना अक्सिजन आरोहण गरेको जनाइएको छ । उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नाङ्गा पहाड, गशेब्रुम, ब्रोड पिक, गशेब्रुम दोस्रोको आरोहण गरेका हुन् ।आरोहण गरेका १४ अग्ला हिमालमध्ये ८ भने नेपालमै पर्दछन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा २ दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ ।

मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४, दानाका पुर्जाको प्रोजेक्ट पोसिबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाउन सफल भएका छन्। आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’ मा छानिने पहिलो गोर्खाली समेत हुन् ।

मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको ८ हजार मिटर अग्लो धवलागिरि र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जितेका छन् ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?