Thursday June 01, 2023

करेलाको जुस प्रयोग , यी हुन यसका फाइदा

१९ कार्तिक, २०७६ शीतलपाटीन्युज डटकम 67563



करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ । एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ । यो त करेलाको कुरा भयो । त्यस्तै राम्रो हुन्छ, करेलाको जुस पनि । तौल घटाउन मद्दत गर्छ करेला:करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ । यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ । यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ । करेलामा हुन्छ कम क्यालोरी :करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ । एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ । त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ । फाइबरयुक्त हुन्छ करेला :करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ । करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ । त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ ।
यी हुन्छन् यसका फाइदाः

तौल घटाउन मद्दत गर्छ करेला
करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ । यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ । यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ ।

करेलामा हुन्छ कम क्यालोरी
करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ । एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ । त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

फाइबरयुक्त हुन्छ करेला
करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ । करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ । त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ ।

बोसोयुक्त कोष बन्नबाट रोक्छ
एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्र कम गर्न सहयोग गर्छ । यसले शरीरमा नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि सहयोग गर्छ । यसले हाम्रो तौल घटाउन सहयोग गर्छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?